arrow

अखिल सचिव लामालाई प्रश्न–दुई पार्टी एक हुने भएपछि अनुरास्ववियु पुर्नगठन किन गर्नुपर्‍यो ? (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
Aarati.JPG

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विघटनको संघारमा छ। अध्यक्ष नवीना लामा समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनेपछि अनेरास्ववियुको नेतृत्व पद खाली छ। त्यसैले अहिले विघटनको चर्चा चलेको छ। दुई ठूलो वाम पार्टीहरु एउटै हुने चर्चासँगै भ्रातृ संस्थाका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी एक हुने तयारी गर्दैछन्। त्यसैले विद्यार्थी संगठनको नेतृत्वमा को आउने भन्ने वहस चलिरहेको छ। नेतृत्वसँगै अबको एकता प्रकृया कसरी अघि बढ्ने, अबको एजेन्डा के हुने भन्ने बहस चल्न थालेको छ। हामीले अनेरास्ववियुकी सचिव आरती लामालाई पार्टी एकीकरण गर्ने भनिरहेकाे बेला अनेरास्ववियु पुर्नगठन किन गर्नु पर्‍याे भनि साेधेका छाैँ ।

० अनेरास्ववियु अहिले के गर्दैछ ?
– हो, हिजो मात्र हामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायौं। श्रमिक महिला पत्रकारलाई हामीले सम्मान गर्‍यौं। देशभरि सम्मेलनको मिति तय गरिसकेका थियौं, पार्टीको निर्देशनअनुसार हामीले सम्मेलन रोकेका छौं। तर विभिन्न रचनात्मक कार्यक्रम, आन्दोलन, विद्यार्थीमाझ पुगेर पुनर्गठनको अभियानलाई हामीले जोडिरहेका छौं। सम्मेलनबाहेक हामीले सबै खाले गतिविधि गरिरहेका छौं।

० पार्टीले निर्देशन दिनुअघि केही जिल्लाको अधिवेशन सक्नुभएको थियो ?
– दुई वर्षअघिको फागुनमा हाम्रो महाधिवेशन भएको थियो। हामी २२ औं महाधिवेशनको तयारीमा थियौं।नयाँ ढंगले राजनीतिक कोर्ष अघि बढ्यो। कम्युनिष्ट पार्टी निर्माणको ऐतिहासिक भार आएकाले हामी महाधिवेशनको तयारीमा थियौं, तर अहिले पार्टी एकताको कुरा आएको छ। पार्टीसँगै जनवर्गीय संगठन पनि एकतामा जानुपर्ने भएकाले धेरै जिल्लाको सम्मेलन हामीले सम्पन्न गरिसकेर पनि अब भने रोकिएको छ।

० नेतृत्व फेर्न अधिवेशन गर्न लाग्नुभएको हो ?
– अनेरास्ववियुको ५४ वर्षको गर्विलो इतिहास विधि र विधानलाई मान्दै विद्यार्थीको चाहनाअनुरुप यो ठाउँसम्म पुगेको हो। ५४ वर्षको इतिहासमा पहिलो पटक वर्तमान अध्यक्ष प्रतिनिधिसभाको सदस्य बन्ने अवसर प्राप्त भयो। यसको अर्थ पार्टीले हाम्रो संगठनलाई विश्वास गरेको हो। यो संगठन विधि र विधानमा चल्छ।

० दुईवटा विद्यार्थी संगठन एक हुने बेलामा अखिल पुर्नगठन र अध्यक्ष काे हुने भन्ने बहस सान्दर्भिक छ ?
– सान्दर्भिकता छ वा छैन भन्नुभन्दा पनि अहिलेको आवश्यकता हो। दुई वर्षे कार्यकाल पूरा गरिसक्यौं, हामी महाधिवेशन तयारीमा थियौं। महाधिवेशन तयारीमा रहेकै बेला हामीमाँझ ऐतिहासिक जिम्मेवारी आएको छ। दुई पार्टी एकतासँगै हाम्रो विद्यार्थी संगठन पनि एक हुने कुरामा कुनै दुविधा छैन। तर त्यसभन्दा अगाडि वर्तमान अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँको भूमिका अब संसदमा रहने हुँदा संगठनलाई नेतृत्वविहिन बनाउनु हुँदैन। त्यसकारण संगठन पुनर्गठनको आवश्यकता भयो।

० पुर्नगठन कसरी हुन्छ ?
– चुनाव हुँदैन। निर्वाचन नहुने भएपछि कुनै नेताले तोकेको व्यक्ति आउनु हुँदैन। विधि र विधानभित्र रहेर विद्यार्थीको चाहनाअनुरुप आउनुपर्छ। यो विषयको छलफल हामीमाँझ चलेको छैन। त्यसैले बजारमा धेरै कुराको चर्चा चलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ