arrow

भ्रष्टाचारीलाई जेल हाल्ने माधव नेपालको धोको

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
madhab-nepal-g-na.jpeg

रौतहट । नेकपा एमालेका नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने धोको पोखेका छन्  । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले यमुनामाई गाँउपालिका झुनखुन्वामा कालोपत्रे सडक शिलान्याश गर्दै यस्तो धोको पोखेका हुन् ।

उनले भने, “यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर नत्र पछि कुनै शीप लाग्दैन पछुतोमा पर्ने छ ।’ स्थानीय निकायमा राम्रो काम गर्नेलाई पुरस्कार र भ्रष्टाचार गर्नेलाई जेल हाल्ने वाम सरकारको योजना रहेको समेत उनले बताए ।

गौर गरुडा चन्द्रपुर सडकखण्डको उदाहरण दिँदै उनले शिलान्याश भएको विभिन्न ठाँउका ५२ किलोमिटर कालोपत्रे सडक पनि त्यस्तै मजबुत बनाउन ठेकदार र कर्मचारीको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य प्रभू साहले निर्वाचनअघि आफूले सार्वजनिक गरेको घोषणापत्रमा यस क्षेत्रलाई धुँवारहित बनाउने योजनाअनुसार दुईसय परिवारलाई ग्यास सिलिण्डर, ग्यास र चुल्हो वितरण गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ