arrow

नेपाल र अफगानिस्तान दुवै आफ्नो 'बेष्ट' क्रिकेट खेल्ने मुडमा

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
cricket-nepal.JPG

काठमाडौं। विश्वकप छनौटको अफगानिस्तान बिरुद्धको खेलमा नेपालले आफ्नो सबै शक्ति लगाएर खेल्न पर्ने छ भने अफगानिस्तानले पनि नेपाल बिरुद्ध आफ्नो पुर्ण शक्ति खर्चिने छ। 

नेपाललाई दोस्रो चरणमा प्रवेश पाउन  बाँकी दुई खेलमा बिजयी हुने बाहेक अरु बिकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन्। नेपाली टोलीले आफ्नो ब्याटीङ-बलिङ र फिल्डिङ तीनवटै पक्षमा आफ्नो शतप्रतिसत दिने कप्तान पारसले आइसीसीसँगको अन्तरवार्तामा भनेका छन्। 

खड्काले भने ' अफगानिस्तान खराब समयबाट अघि बढिरहेको छ। दुवै टोलीकालागि जित मात्र एक लक्ष्य रहेको छ।'

प्रतियोगीताको समिकरण यस्तो अवस्थामा पुगेको छ की नेपालले अफगानिस्तान लगायत हङकङलाई पराजित गरेमा प्रतीयोगीताको दोस्रो चरण यानीकी सुपर लिगमा प्रवेश गर्ने छ । 

दोस्रो चरण प्रवेश गर्नु भनेको नेपालले एकदिवसीय मान्यता र चार-दिवसीय अन्तरमहादेशीय कप खेल्ने मौका पाउनु हो। अफगानिस्तान टेष्ट मान्यता प्राप्त राष्ट्र हो।

अफगानिस्तानका कप्तान अश्गर स्टानिक्जाई र मोहम्मद शाहजाद बिना रहेको अफगानिस्तान तुलनात्मक रुपमा कमजोर रहेको छ। स्टार बलर रशिद खानले अफगानिस्तानको कमान सम्हालेका छन्। 

अफगान कप्तान रशिदले भने ' हामी खराब क्रिकेट खेलीरहेका छौं। कहिले खेल र कहिले प्रतयोगीता आफुले चाहे जसी अघि बढ्दैन'। उनले आफ्नो टोलीले कप्तान र प्रमुख ब्याट्सम्यान गुमाएको र टोलीले राम्रो गर्न नसकेको पनि कुरा लिकाउन सकेनन्। 

अफगानिस्तानकालागि पनि नेपालको खेल अति-महत्वपुर्ण हुनेछ। नेपाललाई पराजित गरेमा २ अंककासाथ उ नेपाल र हङकङको खेलको नतिजाको प्रतिक्षामा रहने छ। नेपाल र हङकङको खेलमा कुनै अनौठो नतिजा आएमा अफगानिस्तान दोस्रो चरण प्रवेश गर्ने छ। 

जिम्बाब्वे र स्कटल्याण्डसँग पराजित भैसकेको नेपाली टोलीले अफगानिस्तान र हङकङलाई पराजित गरेमा नेपाल 'सुपर लिग' पुग्ने निश्चित रहेको छ। 

नेपालले शनिवार अफगानिस्तान बिरुद्ध प्रतिस्पर्धा गर्दैछ। प्रतियोगीतामा तीन खेल हारेको अफगानिस्तान र दुई खले हारेको नेपाल बिच भिडन्त हुने छ। 

तीन खेल हारिसकेको अफगानिस्तानको दोस्रो चरण पुग्ने संभावना गणतीय मात्र रहेको छ। नेपाल र अफगानिस्तानको खेलमा अफगानिस्तानले अधिकांश खेलमा नेपाललाई पराजित गरेको छ। 

नेपालको ब्याटीङ नचलेको कुरा कप्तान पारस खड्काले स्विकारेका छन्। स्कटल्याण्ड बिरुद्धको खेलमा नेपाली ब्याटीङ नचल्नाले १४९ रनमा समेटीएको थियो। अफगानिस्तान र हङकङसँग पनि ब्याटीङ नचल्ने हो भने जित गाह्रो छ। 

नेपालको समुहबाट स्कटल्याण्ड दोस्रो चरण प्रवेश गरिसकेको छ भने जिम्बाब्वेले पनि आफ्ना दुई खेल जितेर दोस्रो चरणको ढोका उघारिसकेको छ। जिम्बाब्वेले नेपाल र अफगानिस्तानलाई पराजित गरिसकेको छ भने हंकं र स्कटल्याण्डसँग खेल्न बाँकी रहेको छ। 

यदी प्रतीयोगिताका खेलहरुमा उतार चढाव आएन भने जिम्बाब्वे दोस्रो चरण पुग्ने निश्चित जस्तै रहेको छ। एक ठाउँकालागि नेपाल र हङकङ बलियो प्रतिस्परधिका रुपमा देखिएका छन्। नेपालले आफ्ना दुवै खेल जितेमा दोस्रो चरण पुग्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ