arrow

भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’ लाई सशर्त मान्यता

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
Supreme-Court-of-India.png

नयाँदिल्ली। भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ। आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको हो।

सर्वोच्च अदालतले स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि पहिले नै आफन्त मार्फत् अनुमति दिन सक्ने उल्लेख गरेको छ। अचेतन अवस्थामा उपचार गराइरहेका वा उपचार गराउँदा झन बढी विरामी भएकाहरूलाई उपचार नगराउन पाउने व्यवस्था गर्न सकिने अदालतको आशय छ।

यो फैसलाका लागि पाँच जना न्यायाधीशसहितको इजलाशको नेतृत्व गरेका भारतका प्रधान न्यायाधीशले भने, “मानिसले जीवनको अन्त्य सम्मानजनक तरिकाले गर्न पाउन सक्छन्।” अदालतले निर्देशिका बनाएर लागु गर्नुपर्नेमा जोड दिएको छ। साथै कसैले इच्छामृत्यु चाहेमा उसको उपचार विवरण (मेडिकल रिपोर्ट) सहित अदालतमा निवेदन दिनुपर्ने र त्यसलाई अदालतले अनुमति दिनसक्ने आदेशमा उल्लेख छ। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ