arrow

बोक्सी भन्दै युवती कुट्नेलााई कार्वाही नगर्ने प्रहरी प्रमुखलाई २४ घण्टे स्पष्टीकरण

logo
जमुना निउरे।
प्रकाशित २०७४ फागुन २६ शनिबार
Boksi-Abbuse-kailali-5aa28ba7463829.09501764_.jpg

सुखड, कैलाली। कैलालीको घोडाघोडी नगरपालीका ५ देउकलीयाकी राधा चौधरीलाई बिहिवार बोक्सीको आरोपमा कुटपिट भएको घटनामा सुखड प्रहरी प्रसासनले चासो नदिएको पाइएपछि जिल्ला प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सीको आरोपमा कुटपिट गर्ने भोले बाबालाई जिम्मा जमानीमा छाडि घटनालाइ कानुनी प्रक्रियामा नल्याएका पाइएपछि ईलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख दिनेश बिष्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

घटनाको बारेमा राष्ट्रियस्तरमै चर्चा भएपछि प्रहरीले बल्ल कार्वाही र अनुसन्धानको प्रक्रिया समेत शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनाको अनुसन्धान भैरहेको बताए ।

आफुलाई भोले वाबा भन्ने घोडाघोडी नगरपालिका ५ देउकलियाका राम बहादुर चौधरी लगायतको टोलिले सोही गाउकी १८ बर्सिय राधा चौधरीलाइ बिहिबार बोक्सी भन्दै करिव ६ घण्टासम्म कुट्पिट गरेका थिए। 

इलाका प्रहरी कार्यालय सुखडले घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पिडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा भोलेबाबा उर्फ राम बहादुर चौधरीलाई बिहिबार नै पक्राउ गरि सोही दिन छाडेको थियो। 

घटना मिडियामा आएपछि भोलाबावालाई इलाका प्रहरी कार्यालय सुखडले पुन पक्राउ गरि शुक्रबार जिल्ला प्रहरी कार्यालय चलान गरेको छ। 

आफुलाई बोक्सी लगाएको भन्दै भोले बावालाई गुहार्ने तथा घरबाट राधालाई हात समातेर लैजाने किष्मती चौधरीको समेत खोजी भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका निमित प्रमुख दिनेश बिष्टले बताएका छन्। बिष्ट स्वयंलाई भने जिल्ला प्रहरी कार्यालयले स्पष्टिकरण काटेको छ। 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले युवती कुटपिट गर्नेलाई बोक्सीको आरोप अन्तरगत नै मुद्धा दर्ता गर्ने तयारी भइरहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ