arrow

अस्पतालले लुकायो घटना, नर्मल डेलिभरीबाट बच्चा जन्माएकी सुत्केरीको मृत्यु 

logo
सरिता तिम्सिना पंगेनी,
प्रकाशित २०७४ फागुन २७ आइतबार
mritak-sutkeri.jpg

पोखरा । पोखराको गण्डकी अस्पतालमा नर्मल डेलिभरीबाट शिशु जन्माएकी सुत्केरीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।

निर्मल पोखरी निवासी ३२ वर्षीया धनुमाया पोख्रेलको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । 

अस्पतालले यस सम्बन्धमा थप केही बोलेको छैन । पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ । 

घटनाबारे मृतकका दाजु रमेश पोख्रेल यसो भन्छन् –
‘धनुमायालाई ब्यथा लाग्ला जस्तो भएपछि उपचारका लागि अस्पताल ल्याइएको हो । उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पताल भर्ना गरियो । डेलिभरी नर्मल भयो’, उनले भने ‘डाक्टरले नर्मल छ भनेपछि हामी ढुक्क भयौं । खतरा रहेको डाक्टरले भन्नुभएन । अहिले एक्कासी अपरेशन गरेर मृतक घोषणा पो भयो ।’ 

उनका अनुसार २ पटकसम्म अपरेशन गरिएको छ । अधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालले जनाएको छ । डाक्टरहरुको लापरबाहीले नै उनको मृत्यु भएको दाजु रमेशले गुनासो गरेका छन् । 

३२ बर्षिय पोखरेलको गत वर्षको जेठमा विबाह भएको थियो । यो पहिलो बच्चा हो । बच्चाको अवस्था चाहीँ सामान्य रहेको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ