arrow

राष्ट्रिय खुला कराँतेमा काठमाडौं च्याम्पियन

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
team_champion_kathmandu.jpg

काठमाडौं । आठौं राष्ट्रिय खुला कराँते च्याम्पियनसिपमा काठमाडौं जिल्ला पहिलो भएको छ । नेपाल गोजुरियो कराँते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्रांगणमा भएको दुई दिने प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ४ कास्यगरी २२ पदकका साथ काठमाडौं पहिलो भएको हो । 

त्यसैगरी ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक बटुलेको काठमाडौंको आकाशदीप स्कुल दोस्रो भएको छ । मोरङ जिल्ला भने ४ स्वर्ण र २ रजतसहित ६ पदक बटुल्दै तेस्रो भएको छ ।
 
महिला तथा पुरुषका सिनियर र जुनियर गरी विभिन्न २८ स्पर्धामा भएको प्रतिस्पर्धामा महिलातर्फ जुनियर ४५ केजीबाट काठमाडौंकी मीरा गुरुङ सर्वोत्कृष्ठ घोषित भइन् ।

त्यसैगरी पुरुषतर्फ जुनियर ४० केजीबाट आकाशदीपका अनिष गिरी सर्वोत्कृष्ट खेलाडी बने ।

प्रतियोगिता संयोजक तथा प्रशिक्षक दीपक लामाकाअनुसार दुईदिने प्रतियोगितामा उपत्यका र उपत्यकाबाहिरबाट गरी दुई सय ५० खेलाडी सहभागी रहेका थिए । 

८ लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त प्रतियोगिताका लागि बूढानीलकण्ठ नगरपालिका–११ ले दुई लाख रुपैयाँ सहयोग गरेको कार्यबाहक वडाध्यक्ष विनोदकुमार तामाङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ