arrow

विवादकाबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
dronaldtrumps.jpeg

वासिङ्टन। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना पेरु र कोलोम्बियाको भ्रमण गर्ने भएका छन्। उनले आगामी महिना ल्याटिन अमेरिकाको भ्रमणका लाग कार्यक्रम तय गरेको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी दिएको समाचारमा जनाइएको छ।

ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा भनिएको छ– उनले सो भ्रमणका क्रममा पेरुको राजधानी लिामामा आयोजना गरिएको अमेरिकी राष्ट्रहरुको एक सम्मेलनमा पनि सहभागिता जनाउने छन्। त्यस अवसरमा उनले पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्कीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

त्यसैगरी कोलोम्बियामा पनि उनले त्यहाँका राष्ट्रपति जुआन म्यानुएल स्यान्टोससँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको ह्वाइट हाउसले जानकारी दिएको छ। यो उनको पहिलो ल्याटिन अमेरिकी भ्रमण हो। यस भ्रमणका क्रममा उनले यहाँका विभिन्न देशहरुसँग द्विपक्षीय हितका साथै अरु पनि विविध कार्यक्रमहरुमा सहभागीता जनाउनुहुने बताइएको छ।

यो भ्रमण राष्ट्रपति ट्रम्पले सबैजसो ल्याटिन अमेरिकी देशहरु काम नलाग्ने देश भनेर सार्वजनिक रुपमा आरोप लगाएको केही समयपछि हुन लागेको छ। गत जनवरी महिनामा उनले यी देशलाई काम नलाग्ने भन्दै ती देशलाई ‘चर्पीको कमोट’ को समेत संज्ञा दिएका थिए।

उनको यो अभिव्यक्तिपछि सार्वजनिक रुपमा नै उनको विरोध मात्र भएन विभिन्न देशमा त उनका विरुद्धमा विरोध प्रदर्शनहरु पनि भएका थिए। उनले यस्तै शब्द मेक्सिकोलाई पनि प्रयोग गरेका थिए। त्यसपछि उनले मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनेसम्मको पनि धम्की दिएका थिए।

यसका साथै उनले अरु ल्याटिन अमेरिकी देशमा आयात हुने स्टील र अल्मुनाईमा पनि चर्को मात्रामा कर लगाउने प्रस्ताव हालैमात्र गरेका छन्। त्यसैगरी पेरुसँग पनि यसअघिको अमेरिकी ओबामा प्रशासनले कटुतापूर्ण सम्बन्धमा सुधार ल्याउने काम गरेको भए पनि ट्रम्प राष्ट्रपति भएपछि पेरुसँगको सम्बन्ध थप बिग्रिएको छ।

यसका कारण उनको ल्याटिन अमेरिकी देशहरुसँगको सम्बन्धमा सुधार आउन सकेको छैन। यस्तो अवस्थामा हुन लागेको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको कतिपय विश्लेषकहरुको भनाई छ। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ