arrow

फोरमले ओलीका पक्षमा मतदान गर्ने

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।  संघीय संसद् भवनमा आइतवार बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्ने निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

 फोरमको निर्णयसँगै प्रधानमन्त्री ओलीले दुई तिहाइभन्दा बढी मत प्राप्त गर्ने देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिने जनाइसकेको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ