arrow

प्रधानमन्त्री भन्छन् –दमनकारी शासक होइन, जनताको सेवक हुँ

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
kp-oli-presents-n.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफु कुर्सीमा बस्नका लागि मात्रै प्रधानमन्त्री नभएको र केही गरौँ भन्नका लागि प्रधानमन्त्री बनेको बताए ।

उनले अब विकास निर्माणले गति लिने र जनताका समस्या दूर हुने बताए । उनले भका छन्, ‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ ।’ माधव नेपाले पनि उनका लागि मत मागेका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले मुलकमा अब स्वतन्त्रताको आलाप लगाउने खालको लोकतन्त्र चाहिएको छैन, भने । उनले नेपाली नागरिकले अब उपभोगको लोकतन्त्र खोजेको बताए ।

‘उनले भने, ‘हामी समृद्धिको बाटोमा अघि जानुपर्छ । हामी अब समृद्धितर्फको यात्रामा अघि बढ्नुपर्छ । यो यात्राको अगुवाई सत्तापक्ष, सरकारले र प्रधानमन्त्री भएकाले मैले गर्न सक्छु । तर यो महाअभियान हो । यो हामी सबैको साझा यात्रा हो ।’

उनले जनताको चाहना र माग अनुसार सरकार चल्ने भएकाले सबै सांसदलाई खुला रुपमा सरकारसँग जनताका पक्षमा काम गर्न तयार रहन समेत आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ