arrow

रुकुम पश्चिमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
bajura-health-news.JPG.jpeg

रुकुम। सामजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम रुकुम पश्चिमा आइतवारबाट सुरू भएको छ । जिल्लामा पहिलो स्वास्थ्य बिमी बन्दै रुकुम पश्चिम क्षेत्र नं. (ख) बाट निर्वाचित कर्णाली प्रदेशका प्रदेश सभा सदस्य गोपाल शर्माले जिल्लामा रहेका सबै घर परिवारलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्‍याउने बताए ।

सर्वसाधराणले स्वास्थ्य बिमा गरेपछि नागरीकको स्वास्थ्यको जिम्मा राज्यले लिएको उनले बताए । बिमा कार्यक्रममा पाँच जनाको परिवारले वार्षिक २ हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि ५० हजारसम्मको उपचार सेवा पाउने गरी कार्यक्रम सुरु स्वास्थ्य बिमा कार्यक्रमका जिल्ला संयोजक भरत खड्काले जानकारी दिए ।

पाँचभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४ सय २५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको १० हजार उपचार सेवा थपिने व्यवस्था गरिएको छ । पाँच जनासम्मका लागि ५० हजार अनिवार्य तथा कार्यक्रमको अधिकतम सीमा एक लाख निर्धारण गरिएको छ । सरकारले निःशुल्क तोकेका औषधोपचार सेवा भने यसमा समावेश नहुने उनले बताए ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएसंगै जिल्लाका सबै स्थाीनय तहमा स्वास्थ्य बीमाको टोली पुग्ने र घरदैलो मार्फत स्वास्थ्य बीमा संकलन गर्ने बताईएको छ । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य सेवा सुनिश्चत गर्नका लागि नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाएको छ ।

यहाँ स्वास्थय बीम दर्ताका लागि दुई हजार पाँच सय रुपैंया लाग्ने छ । तर, अति गरिवलाई एक सय प्रतिशत गरिवलाई ७५ प्रतिशत र सिमान्तृत गरिवलाई भने ५० प्रतिशत योगदान रकममा छुट गरिएको बताइएको छ । स्वास्थ्य बीमा कार्यक्रमको आज पहिलो दिन यहाँ चारजनाले स्वास्थ्य बीमा कार्यक्रममा नाम दर्ता गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ