arrow

कैलाली घटनाका दोषीलाई कार्वाहीको लागि चौतर्फी दवाव, नेविसंघले कैलालीमै पुगेर गर्‍यो कार्वाहीको माग

महामन्त्री कुन्दन काफ्लेले भेटे पिडित राधा चौधरीलाई 

logo
जमुना निउरे।
प्रकाशित २०७४ फागुन २७ आइतबार
kundan-radha-chaudhary.jpg

सुखड। कैलालीको घोडाघोडी नगरपालिका वडा नं ५ सेउकलियामा गत बिहिबार एक युवतीलाई बोक्सी आरोप लगाई दुर्व्यवहार गरेका दोषीलाई कार्वाहीको माग गर्दै चौतर्फी दबाब बढेको छ। 

घटनाबारे विभिन्न सन्चारमाध्यमले प्रकासन र प्रसारण गरिसकेपछी विभिन्न संघ सङठनहरु दोषीलाई कार्वाहीको माग गर्दै दवाव दिएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसकै दिन घोडाघोडि नगरपालिका ५ देउकलियाकी १८ बर्सिय राधा चौधरीलाई कुटपीट सहित गरिएको दुर्व्यवहार गरिए पछि उनलाई न्याय दिलाउन पनि चौतर्फी दबाब बढेको हो। 

नेपाल बिध्यार्थी संघका केन्द्रीउ महामन्त्री कुन्दन काफ्लेले कैलाली पुगि पिडित युवतीप्रति सहानुभुति राख्दै दोषीहरुलाई कडा कार्वाहीको माग गरेका छन्। घटनाको सत्यतथ्य बुझ्ने क्रममा कैलालीको घोडाघोडि नगरपालिका १ सुखडमा काफ्लेले पत्रकार सम्मेलन समेत गरेका छ्न्। काफ्लेले नेविसंघका विद्यार्थीहरुले दोषीलाई कार्वाहीको माग गर्दै गरेको सडक प्रदर्शनमा समेत सहभागिता जनाए। 

Image may contain: 6 people, including Kundan Kafle and Nawaraj Tripathee, people standing and outdoor

पत्रकार सम्मेलनमा बोल्दै उनले समाजमा रहेका कुसस्कार, कुरिती, रुढिबादी परम्परा हटाउनका लागि सन्चार माध्यमहरुले सकारात्मक भुमिका खेलनुपर्नेमा जोड दिए। 

काफ्लेले पिडितलाइ न्याय र घटनामा सन्लग्न रहेका जनप्रतिनिधीसँगै, घटनामा मिलापत्रमा सहमती राख्ने राधाको बाबु र रमितेहरुलाइ पनि कानुनी कारबाहिमा ल्याउनुपर्ने बताए।  

यसैगरी आइतबार नै अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला संगठन, नेपाल कम्युनिस्ट पार्टी कैलाली, नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र घोडघोडी नगर कमिटिले प्रेस बिज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छ्न्। 

बौनिया जेसिज र सम्भाबित घोडाघोडि जेसिजले सयुक्त रुपमा पिडितलाइ न्याय दोषीलाइ कारबाहिको माग गर्दै कार्यकारी अधिकृत कृतनराज पौडेलमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ