arrow

विद्युत प्राधिकरण युनियनमा अध्यक्ष भट्टराईको निरंकुशता बढ्यो, केन्द्रीय सदस्य निष्काशित

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
NEA-headoffice-Bulding.jpeg

काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा निरंकुशताको अभ्यास शुरु भएको छ। नेपाल विद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन कर्मचारी संघले आफ्ना केन्द्रीय सदस्यलाई नै साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेर आफ्नो निरंकुश छवी उदांगो पारेको हो।  

आधिकारिक ट्रेड युनियनका नाममा तथा अन्य युनियनका नाममा तिनका नेताहरुले प्राधिकरणका हित विपरित गरेका काम कार्वाहीहरुका बारेमा बोलेकै तथा सामाजिक सञ्जालहरुमा उठान गरेकै कारण केन्द्रीय सदस्य दिनेश शिवाकोटीलाई वदनियत राखि कार्वाही गर्ने निर्णयले संघ आफूलाई प्रश्न सोध्ने कसैको हक नभएको निरंकुश शैलीमा प्रकट भएको छ। 

आम नागरिक तथा उपभोक्ताको कर तथा सेवाशुल्कबाट सञ्चालन हुने प्राधिकरणका गतिविधी र अनियमितताको बारेमा जानकारी राख्दा, चित्त नबुझेका कुरा सार्वजनिक गर्दा हुकुमी शैलीमा स्पष्टीकरण सोधी कार्वाहीको डण्डा चलाउने संघका अध्यक्ष जनार्दन भट्टराईको निरंकुश शैलीको प्राधिकरणमा निन्दा हुन थालेको छ। 

आधिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य समेत रहेका शिवाकोटीलाई केहि भ्रष्ट कर्मचारीको गोरखधन्दाको विरोध गरेकै कारण अरुले पनि भविष्यमा बोल्न नसकुन भनेर कार्वाहीको डण्डा चलाएर प्राधिकरणका कार्यकारी निर्देशकलाई पत्र पठाइएको प्राधिकरणमा चर्चा हुन थालेको छ। जुन पत्र भट्टराईले आफैले हस्ताक्षर गरि विभिन्न समिति र विभिन्न दलका भातृ संस्थाहरुलाई पनि पठाएका छन्। 

प्राधिकरणमा यो कार्वाही प्रकरणलाई अनियमित काममा लागेकाहरुले त्यसको विरोध गर्नेलाई पन्छाउन खोजेको अर्थमा समेत लिएको धेरै कर्मचारीको भनाइ छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ