arrow

नेपालको अग्नीपरीक्षा हुँदैः हङकङसंग सबै प्रतिष्ठा दाउमा 

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
cricket-nepal.JPG

काठमाडौं । नेपाल लगातार तीन खेलमा पराजित भएसंगै जिम्बावेमा जारी विश्वकप छनोट क्रिकेटको समुह चरणबाटै बाहिरिने लगभग पक्का जस्तै छ । तर स्वास छउन्जेल आस भनेझैं नेपालले कुनै दैवीशक्ति पायो भने समुहको अन्तिम खेलमा सोमबार हङकङमाथि यस्तो जित हासिल गर्नुपर्नेछ जसबारे यतिबेला विश्वकै क्रिकेट जगतले नेपालबाट सोचेको छैन । 

समुहमा अंकविहिन नेपाल पुछारमा छ । समुह बी मा रहेको नेपाल आयोजक जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तानसंग हारको सामना गर्दै समुहको पुछारमा रहेको हो। यो समुहबाट समान ६–६ अंकसहित जिम्बावे र स्कटल्याण्ड सुपर सिक्समा पुगिसकेका छन्। 

दुवै टिमबीच हुने समुहको अन्तिम खेलको विजेता समुह विजेताको रुपमा सुपर सिक्समा पुग्नेछ भने पराजित हने टिम उपविजेता बन्नेछ। तेस्रो टिमको समिकरण भने रोचक बनेको छ। 

अहिलेसम्म अफगानिस्तानले सबै खेल खेलेको छ। उसको २ अंक भएको छ । रनरेटमा अफगानिस्तान हङकङभन्दा माथि छ। 

अफगानिस्तानको ०.०३८ हुँदा अफगानिस्तानलाई हराएको हङकङको माइनस ०.८३८ रहेको छ। अंकविहिन नेपालको माइनस १.५४६ रहेको छ।

सोमबार नेपाल र हङकङको खेलपछि नै तेस्रो टिमको टुंगो लाग्दैगर्दा को सुपर सिक्समा पुग्ला भन्ने अनुमान गर्न गार्हो छ । 

यसअघिको खेलको आधार हेर्ने हो भने हङकङले नेपाललाई सजिलै हराउने छ । तर क्रिकेटमा सबै सम्भावना खुला हुने भएकाले नेपालले फराकिलो जित निकाल्दासाथ आफैले सुपरसिक्समा ठाउँ बनाउने छ । 

फराकिलो यति हुनुपर्नेछ कि रनरेट माइनसबाट प्लसमा आवस् र अफगानिस्तानलाई उछिनोस् । 

असम्भव भने केही छैन । एक ओभरमा ६ बल अनि सम्भावना ६ विकेटकै । त्यस्तै एक ओभरमा ६ बल अनि सम्भावना ३६ रनकै । त्यसमाथि दवावमा हङकङ आउँदा वाइड र नोबल फ्याँक्ने हो भने त्यसको रन छुट्टै । 

यी आधारमा नेपाललाई सुपर सिक्समा पुग्न कसैले रोक्ने छैन । तर नेपाली खेलाडीहरुले त्यो ल्याकत राख्छन् कि राख्दैनन् भन्ने मात्र हो । 

अनि नेपालले यो खेलमा जित जसरी पनि हासिल गर्नुपर्नेछ । किनकि सुपर सिक्समा नपुगे पनि १० टोलीमध्ये सातौं हुने टिमले पनि एक दिवसीयको मान्यता पाउने भएकाले नेपाललाई गर या मरको खेल खेल्नुपर्नेछ । 

त्यतिमात्र होइन नेपालले डिभिजन टु मा हासिल गरेको इज्जत जोगाउन पनि सोमबार हङकङ विरुद्धको खेलमा सबै आफ्नो श्रीसम्पत्ति दाउमा लगाउँदैछ । 

नेपालले यो खेलमा अग्नीपरीक्षा दिँदैछ । दिउँसो १ः१५ बजे बुलावायोको मैदानमा नेपालले विश्वलाई नै चकित पार्ने प्रदर्शन गर्नुपर्नेछ । 

असम्भव केही छैन । हेडटु हेडमा १२ खेलमा नेपालले ६, हङकङले ५ खेल जित्दा एक खेल निर्णयविहिन भएको थियो । 

बस् खाँचो छ त केवल सातौं जित अनि कीर्तिमानी जितको । नेपाल प्रतिष्ठा जोगाउन सफल हुन्छ कि गुमाएर आउँछ अबका केही घण्टापछि नै छिनोफानो हुनेछ । 

ओपनिङ पार्टनरसिप न त ब्याटिङमा न त बलिङमा चलिरहेको छ । यो प्रतियोगितापछि नेपाली टिममा ठूलै परिवर्तन नगरी नहुने पनि देखिएको छ । 

अहिलेसम्म टिममा नाम मात्रका लागि टिकेकाहरुले हङकङमाथि अविश्मरणीय खेल नखेले उनीहरुको समेत पनि करियर समाप्त हुन सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ