arrow

राजपा मधेशको हिरो बन्दै, यी हुन् आधार 

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
rajapa.jpg

काठमाडौं । आईतबार विश्वासको मत लिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काँग्रेस बाहेक सबै राष्ट्रिय दलहरु देखिए । सभामुख कृष्णबहादुर महराले मतविभाजन गर्दा प्रतिनिधि सभामा कुल सदस्य संख्या दुई सय ६८ मध्ये ओलीलाई दुई सय ८ जनाले विश्वास व्यक्त गरे भने विपक्षमा ६० मत परेको छ । 

ओलीले संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्दा कुनै समय एमालेसँग शत्रुगत व्यवहार गर्ने मधेशवादी दल राजपाले समेत समर्थन जनायो भने विपक्षमा राष्ट्रिय दलमध्ये काँग्रेसका सांसदले मात्रै प्रधानमन्त्रीको विपक्षमा मतदान गरे । अन्यमा कम्युनिष्ट विचार बोक्ने नेपाल मजदुर किसान पार्टीले पनि प्रधानमन्त्रीको विपक्षमा मतदान गर्यो । नयाँ शक्ति पार्टी नेपालका सांसद डा। बाबुराम भट्टराई नेपाल बाहिर भएकाले उपस्थित भएनन् ।

ओलीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थन गरे । उनीमाथि ४ वटा दलले विश्वास गरिरहँदा उनको सरकारमा भने अहिलेसम्म पनि दुई पार्टीहरु नेकपा एमाले र माओवादीका बाहेक अरु दलका सांसद्हरु सहभागी छैनन् । यो विश्वासको मत सहित प्रधानमन्त्री ओली सरकार र संसद्मा समेत बलियो बनेका छन् । उनले यही शक्ति देखाउनको लागि नै स्पष्ट बहुमत पुग्दा पुग्दै पनि मधेशकेन्द्रीत दुइ दलहरु फोरम र राजपाको पनि साथ खोजेका छन् । केही दिनभित्र नै संघीय समाजवादी फोरम सरकारमा जाँदैछ भने राजपा आफ्ना दुर्इबुँदे माग पूरा नभएसम्म सरकारमा नजाने पक्षमा देखिएको छ । 

राजपा नेता महेन्द्र राय यादवले आफ्ना माग पूरा गर्ने स्पष्ट संकेत नदेखेका कारण आफूहरु सरकारमा जान नसकेको स्पष्ट पारेका हुन् । सोमबार हाम्राकुरासँगको कुराकानीका क्रममा अध्यक्ष यादवले एकातिर संविधानको संशोधनमा आफ्नो माग अनुसार सरकार सकारात्मक नदेखिएको र विभिन्न अनावश्यक अभियोगमा आफ्ना कार्यकर्ताहरुलाई रिहाई नगरेसम्म आफूहरु सरकारमा जान नसकेको जानकारी दिए । उनले भने 'सरकारलाई समर्थन गर्नु ठूलो कुरा हो । हामीले समर्जन गर्ने बेलामा उहाँहरु रिहाई गर्न र संविधान संशोधनमा पनि सकारात्मक हुनुहुन्थ्यो । सरकारमा जान त साथीहरु जेलमा हुनुहुन्छ हामीहरु कुन् मुख देखाएर सरकारमा जानु ?'

यसरी सरकारमा बाटो खुल्ला भएपछि संविधान संशोधनको मुद्दा विर्सिएर गएको आरोप फोरमले बेहोरिरहेको छ भने भित्र जे कुरा नमिलेर नगएको भएपनि राजपाले संविधान संशोधनको विषयलार्इ मूल मुद्दा बनाएर सरकारमा नजानुले मधेशमा राजपाको भने छवि बढाएको छ । उसले यो छवि कहिलेसम्म कायम राख्न सक्छ त्यो भने समयले बताउँदै जान्छ तर अहिलेको अवस्थामा मधेशको साथी बनेको छ राजपा । उसले संविधान संशोधनको अडानलाई कहिलेसम्म लम्ब्याउन सक्छ त्यसैको आधारमा उमाथिको विश्वास भर पर्छ भन्न सकिन्छ । 

प्रतिनिधि सभाको निर्वाचन अघिसम्म यस्तो छवि संघीय समाजवादी फोरमले बनाएको थियो । सोही छविका कारण फोरमले सम्मानजनक सिट पनि ल्यायो तर, त्यही संविधान संशोधनको मुद्दा पूरा नभई सरकारमा जान खुट्टो उचाल्दा फोरममाथि पनि मधेशी जनताहरु सशंकित बन्न थालेका छन् । अहिले राजपाले पनि चुनाव अघिको मधेशी जनतामा फोरम क्रेज आफ्नो पार्टीमा ल्याउन चाहिरको छ या त सरकारसँग वार्गेनिङ नमिलेर उ सरकारमा गइरहेको छैन । त्यो भने हेर्न बाँकी नै छ । तर, मधेशी जनताको साथी बन्ने प्रयासमा फोरम लागेको हो भने यो राजपाको लागि गुमेको विश्वास मधेशी जनतामा फर्काउने अवसर पनि मान्ने गरिएकोछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ