arrow

राष्ट्रपतिको निर्वाचनका लागि तयारी पूरा, यस्तो छ कार्यक्रम

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
election-president.jpg

काठमाडौं । निर्वाचन आयोगले मंगलबार हुने राष्ट्रपतिको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । 

राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्यले हरियो र प्रदेशसभा सदस्यले रातो रङको मतपत्रमा मतदान गर्दैछन् । 

राष्ट्रपति निर्वाचनका लागि मतपत्र छापेर निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकिएको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमै निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । 

मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए ।

राष्ट्रपतिमा वाम गठबन्धनले बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई र नेपाली काँग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ । 

संघीय संसदका ३३४ सदस्य मध्ये ३३० जनाले मतदान गर्न पाउने छन् । 

राष्ट्रिय सभामा मनोनित ३ जनाको नाम मतदाता नामावलीमा छैन । राजपा सांसद रेशमलाल चौधरीले सपथ लिएका छैनन् । 

जेलबाट उनी वीरअस्पतालमा उपचाररत छन् । 

सात प्रदेशका ५५० सदस्य मध्ये ५४९ जनाले मतदान गर्ने छन् । 

मनाङबाट प्रदेशसभा सदस्य रहेका दिपक मनाङ्गेको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन । 

आयोगले निर्वाचनको मत गणना सुरु भएको चार घण्टाभित्रमा परिणाम आइसक्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ