arrow

बोक्सी आरोप लगाउनेलाई कारबाही गर्न मागसहित ज्ञापनपत्र

logo
रमित बिक 
प्रकाशित २०७४ फागुन २८ सोमबार
boksiwala_karwahi_garna_mag.jpg

बाजुरा । कैलालीकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको छ । 

बुढीगंगा नगरपालिकाका उपप्रमुख श्रृष्टि रेग्मीले घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री एव्म एमाले संसदीय दलका नेता प्रकाश शाहलाई ज्ञापनपत्र दिए । 

राधा चौधरीको उपचार खर्च व्यहार्ने र थप उपचारको व्यवस्था गर्ने उनले बताए ।  

यसअघि फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिकाकी राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेका थिए । 

यसैबीच बोक्सीको आरोपमा कुटपिट गर्नेहरुलाई छाडेको भन्दै कैलाली सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्टलाई निलम्बन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो । 

उनलाई कारवाही गरी हेडक्वार्टरलाई जानकारी गराइएको प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ