arrow

सडकको निरीक्षण गर्दै प्रकाशमान बोले –कहिले पूरा हुन्छ काम ? 

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
prakashman.JPG

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का सांसद एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बाटो जहिले पनि खन्ने तर पूरा नगर्ने नियत के हो भनी सडक विभागसंग प्रश्न गरेका छन् । 

सोमबार बिहान डिभिजन सडक कार्यालय मिनभवनमा गुनासो लिएर स्थानियसंगै पुगेका सिंहले व्यवस्थापनको कमीले गर्दा स्थानीयवासीले दुःख पाएको बताए । 

कुन काम कहाँ रोकियो र कहिले बन्छ भन्दै प्रश्न गरेका थिए । सिंहसंगै जनप्रतिनिधि, स्थानीय एवं उपभोक्ता मन्चका प्रतिनिधि सहभागी रहेका थिए । 

सिंहले काम गर्ने शैलीमा परिवर्तन गरी आपसमा समझदारी गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । 

उनले बाटोमात्र खन्ने हैन त्यसबेलामा ढलदेखि बिजुली अनि पानीसम्म हेर्ने निकायसंग पनि समन्वय गर्न आग्रह गरे । 

उनले बाटो खनिसकेपछि त्यो कहिलेसम्म पुरा हुन्छ भनी जानकारी सडकले दिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ