arrow

चोलेन्द्र शमशेरको व्यवहार न्यायिक मर्यादाविरुद्ध : वरिष्ठ अधिवक्ता खनाल

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
yudu.jpg

काठमाडौं। न्यायधिश चोलेन्द्रशमशेर जबराविरुद्ध अवहेलना मुद्दाको तयारी भैरहेको  छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको बेन्चमा रहेर न्याय सम्पादन गर्न अस्विकार गरेपछि जबराविरुद्ध पनि अपहेलना मुद्दाको तयारी भएको हो ।

जबराले मुद्दा सुनुवाईको दोस्रो दिन फरक मत राखेसँगै प्रधान न्यायधिश माथि दवाव परेको हो। साेही विषयमा बरिष्ठ अधिवक्ता यदुनाथ खनालसँग गरिएको संक्षिप्त कुराकानी:


एक जना श्रीमान्‌को जो टिप्पणी बाहिर आयो यसलाई कसरी लिनु भएको छ ?

नेपालको न्यायिक इतिहासमा आजको दिनलाई कालो दिनको रुपमा मान्नु पर्छ ।  न्याय सम्पादन गर्ने न्यायधिशले नै न्याय संपादन प्रकियालाई मिचेर न्यायिक मर्यादा, मान्यता सम्पुर्णलाई कुल्चिएर  जुन किसिमबाट एउटा अभिव्यक्ति आयो त्यो विलकुल असोभनिय छ । स्वन्त्र न्यायपालिकाका बिरुद्धमा छ । र तमाम  कानुन व्यवसायीहरुले यसलाई एक आपसमा एकबद्ध भएर प्रतिकार गर्नुपर्दछ ।

उहाँको यो टिप्पणी कसरी आयो भन्ने तपाँई बुझाइ हो ?

होइन, हिजोको दिनमा जुन ७ जना न्यायशिधको एक इजलास गठन भएको थियो । त्यो इजलासमा बसेका माननीय चोलेन्द्रशमशेर जबराले आज यो टिप्पणी  सार्वजनीक गर्नुभयो । न्याय सम्पादनको प्रक्रियामा उहाँ आफु सहभागि भएर  सबै बहस सुन्नु भएको छ । त्यहि बेन्च आज निरन्तरता हो । निरन्तर रुपमा चलिरहेको बेन्चमा एकाएक  जुन किसिमको धारणा बाहिर आयो जुन वहाँले अभिव्यक्त गर्नुभयो । आदेशको रुपमा होइन । वहाँको राय बाझिएको होइन ।  ७ जनाको बीचमा पनि वहाँको राय बाझीएको हो भने छुटै आउन सक्छ । तर एक्लै इजलासबाट बाहिर निस्किएर मेरो यो राय अवधारणा छ  मेरो भनाइ यो भनेर दिनुभयो यो बिलकुलै असोभनिय छ ।  न्यायिक इतिहासमै यो भन्दा ठूलो  विडम्वना पुर्ण कहिले हुनै सक्दैन । एउटा न्यायधिशले गर्नुपर्ने आफ्नो कर्तव्य छ  त्यो भन्दा वाहिर गएर वहाँले एउटा व्यवहार  गर्नुभयो । देखाउनुभयो ।  त्यो विलकुलै असोभनिय छ । यसले न्यायपालिका प्रतिको आत्मसम्मानमा ठेस लागेको कानुन व्यवसायीले अनुभव गरिरहेका छन् ।  

यो खालको व्यवहार देखाउने न्यायधिशलाई के हुन्छ न्यायिक कार्वाहि ?  

संस्थागत रुपमा सर्वोच्च अदालतले बसेर बोलेर, केहि गर्ला, केहि आदेशहरु आउलान् । अर्को तिर नेपाल बार एसोशिएसन मुकदर्शक भएर बस्नु हुदैन   । तमाम कानून व्यवसायिहरुको एउटा  पेशागत मर्यादा समेतलाई सम्मान गरिनुपर्छ । बारले कानमा तेल हालेर बसेको आभाश भै रहेको छ  । सबैले नेपाल बार कहाँ छ भनेर सोधिरहेका छन् ।  कयौ सिनियरहरु सर्वोच्च अदालत कहाँ छ भनेर बेन्चमै गएर सोधिरहनुभएको छ ।  आज केहि वरिष्ठ अधिवक्ताहरु बेन्चमा गएर श्रीमान्  हामि सर्वोच्च अदातल खोज्न आएको भन्दै हुनुहुन्छ ।  यस्तो किसिमको विडम्वनापुर्ण अवस्था छ । यसको लागि नेपाल बार एशोसिएशन  के गर्ने हो ?  स्वयम् सर्वोच्च अदालतबाट के आउने हो कसरी  जाने हो ? एउटा निक्यौल हुनुपर्छ  र संस्थागत निर्णयका लागि तमाम कानून व्यवसायीहरु आतुर छन् ।

न्यायधिश चोलेन्द्र शमसेर जबराले यस्तो अभिव्यक्ति दिनुको पछाडि के  अनुभव गरिरहनुभएको ?
हिजो बेन्चमा बसेर सुनवाई गरिरहनुभएको माननिय न्यायधिश ज्यूले अब खै के सोच्नु भयो ? वहाँलाई के आयो त्यस्तो ब्रह्मज्ञान एकै चोटि आज बेन्चमा बस्दिन भन्नुयो । आज बेन्चमा जुन किसिमको आफ्नो राय व्यक्त गर्नुभयो । यसले वहाँलाई रातभरी के  ब्रह्मज्ञान आर्जन भयो हामिले बुझ्न सकेका छैनौ ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ