arrow

अवतरणको क्रममा विमान दुर्घटना भएको प्राधिकरणको भनाइ

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
us-bangla.jpg

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार अपरान्ह १४:१८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ ।  प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए ।

ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका छन् ।

घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ । विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ