arrow

अवैध घरेलु मदिरा नष्ट

logo
रमित बि.क.,
प्रकाशित २०७४ फागुन २८ सोमबार
madhira.jpg

बाजुरा ।  जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सदरमुकाम मार्तडीको केही होटेल तथा पसलहरुमा छापा मार्दा करिव ५० लिटर मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरिएको प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीले बताए । सोमवार दिउँसो पत्रकार सम्मेलन गरी उक्त मदिरालाई नष्ट गरिएको छ ।

मदिरालाई प्रहरी मुचुल्का सहित पत्रकारहरुको रोहरवरमा नष्ट गरिएको हो । मदिरालाई न्युनिकरणका लागि प्रहरीले बारम्बार बरामद गरेपनि झन थप मात्र उत्पादन होटेल व्यवसायीले गर्ने गरेका छन् । मदिरा समाजमा हुने विकृतिको प्रमुख कारण भएकाले यसको न्युनिकरण गर्नेका लागि आफुहरुले मदिरा बरामद गरेको उनले बताए ।

 मदिराले समाज झैझगडा,कलह र लैङ्गिक हिंसा र महिला हिंसा हुने गरेको जानकारहरुको भनाई रहेको छ । मदिराले गर्दा समाजमा विकृति बिसंङ्गगति फैदिने गरेको पाईने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ