arrow

झापा गोल्डकपको उपाधि आर्मीलाई

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
nike-football.ashx.jpg.jpeg

सुरुङ्गा, झापा ।  झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।  घरेलु मैदानमा झापा ११ लार्ई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि हात परेको हो । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो ।

उपाधिसँगै त्रिभुवन आर्मीले  १२ लाख ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र हात परेको छ । पहिलो हाफ गोलरहित वरावारी रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट कर्ण लिम्बूले गरेको प्रहार गोलमा परिणत भएपछि घरेलु टोली झापाले अग्रता लिएको थियो ।

त्यस्तै खेलको ७९ औँ मिनेटमा आर्मीका तर्फबाट भरत खवासले गोल फर्काउँदै खेल बराबर पारेका थिए । दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका थिए ।

निर्धारित समयमा अन्य गोल हुन नसकेपछि १५ मिनेट अतिरिक्त समय थप भएको थियो । थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइवेकरमा पुगेको थियो ।

टाइवेकरमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०–१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८–७ ले बाजी मारेको हो । झापाका गोल रक्षक किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो ।

उपविजेता झापा ११ ले  छ लाख नगदसहित ट्रफी हात परेको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे।

प्रतियोगितामा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बनेका छन् । उनले यामाहा कम्पनिको एउटा मोटरसाइकल प्राप्त गरे । त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेनडर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए । उनीहरूले जनही  ३१ हजार नगद प्राप्त गरे ।

त्यस्तै झापाका कर्ण लिम्बु हाइएष्ट स्कोरर हुँदै  ५१ हजार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ