arrow

डढेलोबाट सबैभन्दा जोखिम कञ्चनपुर, फेरि सुरु भयो त्रास

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन २८ सोमबार
dadelo_nyantran.jpg

कञ्चनपुर । वन डढेलोका लागि अति संबेदनसिल मानिएको पश्चिम नेपालको कञ्चनपुरमा डढेलो नियन्त्रण गरि वन्यजन्तु तथा वनपैदावर संरक्षण गर्न सरोकारवाला बिच सोमबार सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । वन डढेलोको अति संबेदनसिल जिल्लाहरु सुचीमा १ नम्बरमा रहेको कञ्चनपुरको दक्षिणी भेगको वन क्षेत्रको संरक्षणका लागि जिल्ला वन कार्यालय कञ्चनपुरले सरोकारवालाहरुलाई सचेतना अभियान सुरु गरेको छ ।

वन डढेलो नियन्त्रण गरि वातावरणीय बिनास रोकी दीर्घकालीन असर न्यूनीकरण गर्दै वन बिकासमा सरोकारवाला हरुको सहभागिता जुटाउन कुण्डा सेक्टर वन कार्यालयको संयोजनमा जिल्ला वन कार्यालय कञ्चनपुरले कार्यक्रमको आयोजन गरेको थियो । वन डढेलोका कारण वन बिनासका हिसाबले कञ्चनपुर ,कैलाली ,सुर्खेत, बर्दिया, बाँके, दाङ, नवलपरासी ,चितवन र पर्सा अति संवेदनशील जिल्ला हरुको सुचीमा रहेका छन् । वन बिभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/०७३ मा ३ लाख ५० हजार  हेक्टर वन क्षेत्र आगलागीका कारण बिनास भएको थियो। आगलागीकै कारण सो वर्ष ४३ जनाको ज्यान जाने गरेको छ । 

वनमा हुने गरेको डढेलो नियन्त्रण गरि वातावरणीय विनास, जैबिक बिबिधताको संरक्षण, वन पैदावरको संरक्षण, वन्यजन्तुको संरक्षण र कृषि उत्पादन वृद्धिमा देखिएका चुनौतीहरुको नियन्त्रणकालागि जरुरी देखिएको वन डढेलो न्यूनीकरण गर्न सरोकारवालाहरुबीच सचेतना र क्षमता विकास गरी दीर्घकालीन वन विकास गरी वातावरणीय सन्तुलन जोगाउन  जिल्लाको दक्षिणी क्षेत्रका सरोकारवालाबीच कार्यक्रम सञ्चालन गरिएको  वन कार्यालयले जनाएको छ । 

सोमबार पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वासको कुण्डा सेक्टर वनमा आयोजित गरिएको सचेतना गोष्ठीमा  जिल्ला वन कार्यालय कञ्चनपुरका जिल्ला वन अधिकृत शिवप्रसाद शर्मा र कुण्डा सेक्टर वनका अधिकृत दिनेशकुमार यादवले सहजीकरण गरेको कार्यक्रममा वन कर्मचारी, नेपाल प्रहरी,सशस्त्र प्रहरी,सामुदायिक वनका पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ