arrow

' मेरो आमा एमालेको उपमेयर हो, होस गर नत्र ज्यान जाला '

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
hetauda-student-press-meet-dhamki.jpg

हेटौँडा। जीवन सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले सोमबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाका छोरा सुमित लामाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका हुन् ।

हेटौंडामा मेयर उपमेयर सहित अधिकांश स्थानमा एमालेले जीतेको छ। 

क्याम्पसमा व्याचस्तरीय फुटबल प्रतियोगितामा क्याम्टेन बन्ने विषयमा विवाद भएपछि लामाले आफ्नो आमाको पदीय मर्यादाको दुरुपयोग गर्दै विद्यार्थीलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । 

सुमितले अन्य विद्यार्थीलाई धम्क्याउँदै भने, ' देश र प्रदेशमा एमालेकै नेतृत्वमा सरकार छ। यहाँ त मेरै आमा उपमेयर भएको यादै होला।' उनले विद्यार्थीहरुलाई कुटपिट मात्र गरेनन् ज्यान मार्ने धम्की समेत दिए। 

विएससी प्रथम बर्ष दोस्रो सेमेष्टरका विशाल कोइराला र लामाबीच क्याम्टेन बन्ने विषयमा विवाद भए पनि विवाद मिलिसकेको अवस्थामा फागुन २६ गते दिउँसो छलफल गर्नुछ भनि बाहिरबाट गुण्डा बोलाई मुकुन्द पौडेल र धिरज भट्टलाई कुटपिट गरेको उनीहरुले बताए।

पौडेल र भट्टलाई कुटपिट गरेको र कोइरालालाई ज्यान मार्ने धम्की दिएकाले सुरक्षाका लागि जिल्ला प्रहरी, क्याम्पस प्रशासनलाई निवेदन समेत दिएको उनीहरुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

विद्यार्थीहरुले क्याम्पसमा सुरक्षित ढंगले पढ्ने वातावरण तयार गरिदिन सरोकारवाला सबैसंग आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ