arrow

ग्यास बुलेट त्रिशूली नदीमा खस्यो

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
accident-final.jpeg

चितवन । मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नंको ग्यास बुलेट त्रिशूली नदीमा सोमबार राति खस्दा भारतीय चालकको मृत्यु भएको छ । 

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । 

उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ