arrow

'बोक्सी काण्ड'मा विवादित मेयरलाई थप उपचारका लागि काठमाडौं ल्याईयो

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
mamata_chudhary1.jpg

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । सोमबार अज्ञात समूहको गोली लागि घाइते भएका चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याईएको हो । 

चौधरीलाई उनकै निवासमा सोमबार साँझ गोली र खुकुरी प्रहार भएको थियो । चौधरीको टाउकोमा खुकुरी र कम्मरमुनी गोलीको छर्रा लागेको थियो । प्रहरीले घटनास्थलबाट से २ प ३६७१ नम्बरको मोटरसाईकल पनि बरामद गरेको थियो । साथै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जनालार्इ पक्राउ पनि गरेको प्रहरीले जनाएको छ । 

मेयर चौधरीलाई शुरुमा छातीमा गोली लागेको बताइए पनि उनलाई कम्मर मुनी गोली लागेको थियो। टाउकोमा धारिलो हतियारको चोट र कम्मर मुनी गोली लागेपनि अवस्था खतरामुक्त रहेको घोडाघोडी अस्पतालका चिकित्सकहरुले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं ल्याईएको हो । घोडाघोडीकी युवती राधा चौधरीलाई बोक्सीको आरोपमा स्थानिय राम बहादुर चौधरी सहितले कुटपिट र दुर्व्यवहार गर्दा चौधरी पिडक पक्षमा लागेर छुटाउन लागेको भन्दै उनको चौतर्फि आलोचना भएको थियो।

नेकपा एमालेका तर्फबाट मेयरमा निर्वाचित चौधरीका बारेमा सर्वत्र विरोध भएपछि एमालेले पनि उनको बारेमा छानविनका लागि समिति बनाएको थियो।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ