arrow

कसले किन्छ विश्वमा सबैभन्दा बढी हतियार ? भारत अगाडि

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
rafale-jet.jpg

काठमाडौं । विश्वमा अझै हतियारको मोह हराएको छैन । कुनै पनि बेला युद्ध हुन्छ भन्दै सुरक्षाका लागि हतियार किन्ने मुलुकहरु घटेका छैनन् । 

हतियार किन्ने माममाला छिमेकी भारत सबैभन्दा अगाडि रहेको छ । यो खुलासा स्टकहोमका थिंकट्यांक इन्टरनेशनल पिस रिसर्च इन्सिच्युटको एक रिपोर्टले गरेको हो । 

यो रिपोर्टका अनुसार भारतले सन् २०१३ देखि २०१७ को बीचमा दुनियाँकै सबैभन्दा बढी हतियार किनेको हो । 

यो विश्वकै १२ प्रतिशत हो । भारतले सन् २००८ देखि २०१३ को तुलनामा २४ प्रतिशत बढी हतियार किनेको हो । 

साउदी हरब दोस्रो नम्बरमा रहेको छ । 

तेस्रोमा इजिप्ट, चौथोमा चीन, पाँचौंमा अष्ट्रेलिया, छैटौंमा अल्जेरिया, सातौंमा ईराक, आठौंमा पाकिस्तान र नवौंमा इन्डोनेसिया रहेका छन् । 

भारतले सबैभन्दा बढी हतियार रुसबाट (६२%)  किनेको हो । रुसपछि भारतले १५ % अमेरिकाबाट र ११ % इजरायलबाट हतियार किनेको छ । 

भारतले चीनसंग भिड्नका लागि अमेरिकासंग राम्रो सहकार्य गरिरहेको समेत रिपोर्टमा खुलासा गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ