arrow

यसरी पाउन सक्छ नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा मान्यता 

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
nepal-cricket-final.JPG

काठमाडौं । जिम्बावेमा जारी विश्वकप छनोट क्रिकेटमा सुपर सिक्समा पुग्न नसकेको नेपालको एक दिवसीय क्रिकेटमा मान्यता पाउने आशा अझै जिवितै छ । 

त्यसका लागि नेपालले बिहिबार अर्को एउटा परीक्षा दिनुपर्नेछ । त्यो परीक्षा भनेको नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई हराउनु पर्नेछ । नेपाल समुह बी मा चौथो स्थानमा रहेको थियो भने पपुवा न्युगिनी समुह ए को पाँचौं स्थानमा रहेको थियो । 

यो खेल जितेर मात्र पनि नेपालले एक दिवसीय मान्यता भने पाउँदैन । त्यसका लागि नेपालले समुह ए को चौथो भएको नेदरल्यान्ड्सले समुह बी को पाँचौं टोली हङकङलई हराउनु पर्ने हुन्छ । 

एक दिवसीय मान्यता पाउन नेपालले हङकङ र पपुवा न्युगिनीलाई उछिन्नु पर्ने हुन्छ । 

यदि नेपाल पपुवा न्युगिनीलाई हराउन सफल भएर उता अर्को खेलमा नेदरल्याण्ड्सलाई हङकङले हरायो भने फेरि अर्को अवसर नेपालले पाउने छ । त्यो हो नेपालले हङकङसंग खेल्नेछ । 

त्यो खेल जिते पनि नेपाललाई पुग्नेछ । आशा यही हो कि नेपालले पहिले पपुवा न्युगिनीलाई पराजित गर्नु पर्यो । 

अहिलेसम्म नेपालको बलिङ र ब्याटिङ खासै चलेको छैन । कमजोरी हटाएर अगाडि बढ्ने हो भने कम्तीमा बिहिबार नेपालले पपुवा न्युगिनीलाई हराउनुको विकल्प छैन । 

सुपर सिक्समा पुग्नेहरुले एक दिवसीयको मान्यता पाइसकेका छन् भने सातौं हुने टिमले पनि त्यो अवसर पाउने छ । 

नेपाल सुपर सिक्समा पुग्न नसके पनि सातौं हुने आशा बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ