arrow

२ नम्बर प्रदेशमा विकासको लहर सुरु भइसक्यो, सम्भावना मात्रै होइन अवसर पनि : रिजाल (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
CEO_Rijal.JPG

सहयोगी विकास बैंक जनकपुरमा मुख्यालय भएको ‘ख’ श्रेणीको विकास बैंक हो । मोफसलमा स्थापना भएर आर्थिक समृद्धि देख्ने थोरै विकास बैंकमध्ये सहयोगी विकास बैंक पनि एउटा हो । २ नम्बर प्रदेशको राजधानी र कृषिको प्रचूर सम्भावना बोकेको क्षेत्र हो–जनकपुर । यिनै सम्भावना देखेर सहयोगी विकास बैंकले कृषि क्षेत्रमा केन्द्रित रहेर २ नम्बर प्रदेशलाई समृद्धिको बाटो पहिल्याउन सहयोगी विकास बैंक सहयोगी बन्ने बताउँछन् बैंकका कार्यकारी अधिकृत (सीईओ) विनय रिजाल । उनले कृषि र ग्रामीण पूर्वाधारमा बैंक केन्द्रित रहने बताए । बैंक सञ्चालनमा दुई दशकको अनुभव हासिल गरेका रिजालले अबको भविष्य भनेकै विकास बैंकको भएको बताए । मोफसलमा बैंक सञ्चालनको कठिनाइ, जनकपुरको सम्भाव्यताबारे सहयोगी विकास बैंकका सीईअाे विनय रिजालसँग गरिएकाे कुराकानी–

० प्रदेश २ मा के आर्थिक सम्भावना देखेर जानुभएको हो ?
– प्रदेश नं. २ को राजधानी जनकपुर हो, जनकपुरमा विकासका क्रम सुरु भइसकेको छ । जस्तो एडिबीको प्रोजेक्टरहरु त्यहाँ आइसकेको छ । मित्र राष्ट्र भारत जोड्ने १६ लेनको बाटो निर्माण सुरु भएको छ । पूर्वाधार विकाससँगै बजार विस्तार भइरहेको छ । जसले गर्दा आर्थिक गतिविधि बढ्ने देखिन्छ । विकासका काम भइरहेको ठाउँमा आर्थिक गतिविधि बढेकै हुन्छ । एकपछि अर्को विकासको गतिविधि बढ्न थालेको छ । विकासको अवसर अहिले जनकपुरमै छ ।

० आर्थिक केन्द्र वीरगन्जमा छ, बैंक जनकपुरमा लाभदायिक हुनसक्छ ?
– अहिलेको हिसाबमा हामीले वीरगन्जलाई देखेका छौं । तर जनकपुरमा हेरौं भने सीतामढी, भित्तामोड क्षेत्रहरु छन् । यी मित्रराष्ट्र भारतसँगका आउटलेट हुन् । अहिले गौण छन् । भारतसँग जोडिएको बाटो जुन छ, त्यसलाई विशालरुपमा अगाडि ल्याएर १६ लेनको बनाएर भन्सार कार्यालयको प्रयोग गर्ने कुरा आइसकेको छ । वीरगन्ज जत्तिकै थियो, त्यत्ति नै सीतामडी र भिट्टामोड अगाडि आउन सक्छन् ।

० आर्थिक सूचांकमा प्रदेश २ अन्यको तुलनामा पछाडि छ । स्थानीय तहमा खुलेको बैंकले कसरी सामाजिक उत्तरदायी पूरा गर्छ ?
– विगतमा धनुषा र महोत्तरलगायतका छेउछाउ त्यत्ति विकास नभएकै हो । तर प्रदेशको संरचना भएसँगै अब विकास हुन्छ भन्ने मेरो मान्यता छ । अहिले जनकपुरमा स्वास्थ्य र शिक्षामा धेरै अगाडि बढेको छ । जस्तो २० वर्षअघि जनकपुरमा म एनबी बैंकको ब्राण्ड म्यानेजर भएर काम गर्दा र अहिले धेरै परिवर्तन पाएँ । त्यसबेला सीमित रुपमा एक दुई स्कुल थिए भने आजको दिनमा झन्डै २०–२५ वटा स्कुल छ । स्कुल पनि फरक किसिमको छ । स्नातक तहसम्म पढाइ हुने विभिन्न कलेज स्थापना भइसकेका छन् । शिक्षामा अगाडि त छँदैछ, स्वास्थ्यमा पनि जनकपुर अञ्चल अस्पतालमा मित्रराष्ट्रबाटै उपचारका लागि आउँछन् । प्रसुतिसम्बन्धी उपचार जनकपुर जत्ति अरु क्षेत्रमा छैन । शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा जनकपुरमा धेरै अवसर छन् ।

० बैंकको उद्देश्य के हो ?
– नेपाल राष्ट्र बैंक ऐन निर्देशनमा अन्य बैंक सञ्चालित हुन्छन् । नेपाल राष्ट्र बैंकले विपन्न क्षेत्रलगायतको प्राथमिक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने एउटा अवधारणा बैंकलाई दिएकै छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बैंकले लगानी गर्नैपर्छ ।

सहयोगी विकास बैंकले अहिलेको हिसाबमा कृषितर्फ अलि बढी आकर्षित भएका छौं । हामी सामाजिक र व्यापारिक भन्दा पनि कृषितर्फ बढी जान्छौं । जस्तो त्यहाँ सुगर मिल छ, सुगर मिलका कृषकलाई हामी भुक्तानी गर्नेदेखि लिएर निश्चित क्षेत्रमा लगानी दिने (माइक्रो ल्यान्डिङ) को अवधारणा हामीले सुरु गरेका छौं ।

माइक्रो ल्यान्डिङ भनेको कृषकलाई पैसा दिने, उनीहरुले उखु उत्पादन गर्ने, त्यो उखु चिनी कारखानालाई बेच्ने, त्यो कारखानाबाट बैंकमा लगानी गर्ने अवधारणा हामीले अगाडि ल्याएका छौं ।

अहिले जति एनजिओ, आईएनजीबाट जति विदेशबाट पैसा आउँछ, उहाँहरुले पनि कृषिमै लगानी गर्ने तयारी भएको छ । विकट ठाउँको कृषिमा जान अवधारणा आएको छ । उहाँहरु जनकपुर क्षेत्रमै केन्द्रित हुनुहुन्छ । गाउँ गाउँमा कृषकलाई बैंकिङ अवधारणा पनि सिकाउने, कृषिबाट लिन सकिने लाभका बारेमा पनि हामी सिकाउँछौं ।

कृषकलाई अहिले कामदारको अभाव छ, जमिन बाँझो छ । हाम्रो अवधारणाअनुसार कृषिमा विकसित प्रविधि कृषकलाई उपलब्ध गराउँछौं ।

० प्राथमिकता साना किसान वा संगठित व्यापार व्यवसायीलाई हुन्छ ?
– संगठित किसानका लागि एक किसिमको अवधारणा हुन्छ र साना किसानका लागि बेग्लै किसिमको अवधारणा हुन्छ । ६० देखि एक लाख रुपैयाँसम्म हामी संगठित किसानलाई ऋण उपलब्ध गराउन सक्छौं । २ लाख रुपैयाँसम्म साना किसानलाई लगानी गर्न सक्छौं । ५ देखि १० लाख रुपैयाँसम्म हामी धितो लिएर किसानको मागअनुसार हामी लगानी गर्न सक्छौं । राष्ट्र बैंक र विकास बैंकको नीतिअनुसार हामी लगानी गछौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ