arrow

ओएसिस मेडिकल कलेज चितवन खारेजीको माग

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
oasis.jpg

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले चितवनको ओएसिस मेडिकल कलेज खारेज हुनु्पर्ने माग गरेको छ ।  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अखिल क्रान्तिकारीले विद्यार्थीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै उक्त कलेजको सम्बन्धन तत्काल खारेज गर्न माग गरेको हो ।

क्रान्तिकारीका केन्द्रीय सदस्य बालकुमार केसीले ओएसिस कलेजमाथि तत्काल अनुगमन गरि आवश्यकता अनुसार कारबाही गर्न माग गरेका छन् । उनले भने,‘प्राविधिक तर्फको सबैभन्दा ठूलो र विश्वास गरिएको पूर्वाञ्चल विश्वविद्यालय, त्रिभूवन विश्वविद्यालय र सरकारले कम्तिमा १ सय जना विद्यार्थीहरुको जीवनमाथि खेलवाड गरेका छन्, हामी यस कार्यको विपक्षमा छौँ, तत्काल सरकारले अनुगमन गरेर खारेज नगरे हामी कडा आन्दोलन गछौँ, नर्सिङ र बिएनमा अध्ययन पुरा गरेका सय जना विद्यार्थीको भविष्य शुनिश्चित गर्नुपर्छ ।’

आफ्नो संगठन बिकृति र बिसङ्गतीको बिरुद्धमा रहँदै आएको भन्दै अध्यक्ष केसीले ओएसिस मेडिकल क्लेजले मापदण्ड पूरा नगरी विद्यार्थीबाट पैसा असुलेको र र अकुत सम्पति आर्जन गरेको आरोप लगाएका छन् । उनले भने,‘यस मेडिकल क्लेजले ७ करोड ठगी गरेको छ, कि तत्काल पीडित विद्यार्थीहरुका माग सम्बोधन गर्नुपर्यो होईन भने हामी यस कलेजका बिरुद्धमा आन्दोलनमा उत्रिन्छौँ ।’

त्यस्तै पत्रकार सम्मेलनमा नर्सिङ लाईसेन्सको परिक्षा दिनबाट वञ्चित मकवानपुर हेटौंडाकी तनुजा श्रेष्ठले आफ्नो भविष्यमाथि ओएसिस क्लेजले खेलवाड गरेको आरोप लगाएकी छन् ।  उनले भनिन्,‘हामी चार वर्षसम्म नर्सिङ पढ्यौँ, अन्तीममा लाईसेन्सको परिक्षा दिन नपाउँदाको पीडा हामी खप्नेहरुलाई थाहा छ, त्यो विद्यालयले मापदण्ड पूरा नगरेको हो कि के हो ? हामीलाई थाहा भएन, हाम्रो माग यति हो हामीले उचित न्याय पाउनुपर्छ ।’

श्रेष्ठले अघि थपिन,‘ओएसिस क्लेजले चार वर्षे नर्सिङको लागि प्रत्येक विद्यार्थीबाट करिब ८ लाख पैसा लिएको छ, गत शनिबार लाईसेन्सको परिक्षा थियो, हामीले फर्म भरेका थियौँ, नेपाल नर्सिङ काउन्सिलले केही दिन अघि हामीलाई ईमेल गरेर हामीले पढको क्लेज मान्यता प्राप्त नभएकोले परिक्षा फर्म हालको लागि अस्वीकृत गरिएको छ भनेर पठायो ।’

उनले भनिन्,‘त्यसपछि हाम्रो नाममा कलेजले अदालतमा रिट हाल्यो, अदालतले विद्यार्थीहरुको हितमा प्रवेशपत्र प्रदान गर्न आदेश दियो तर काउन्सिलले त्यसको सम्मान गर्न सकेन, हाम्रो भविष्य अनिश्चित बन्यो।’  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ