arrow

भारतमा तेह्र विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
student.jpg.jpeg
मुम्बई (भारत) । भारतका महाराष्ट्र राज्यस्थित मुम्बईको दक्षिण क्षेत्रमा अवस्थित पश्चिमी समुद्रीतटमा पौडी खेल्ने क्रममा १३ विद्यार्थीको डुबेर मृत्यु भएको  प्रहरीले सोमबार जनाएको छ । उनीहरु पुनेको अबेदा इनामदार कलेजबाट वनभोजका लागि राइगढ जिल्लाको मुरदतटमा गएका थिए । यस दुखान्त घटनामा परेका विद्यार्थी १९ देखि २३ वर्षबीचका रहेको सहायक प्रहरी निरीक्षक अरविन्द पटेलले बताए  । मृत्यु हुनेमा १० जना छात्रा र तीन जना छात्र रहेका छन्  । 
 
पुनेबाट मानविकी, विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययनरत् १५५ विद्यार्थी सोमबार वनभोज खानका लागि उक्त सामुद्रिकतटमा गएका र स्थानीय समयअनुसार करिब ३:३० बजे पौडी खेल्न उक्त सामुद्रिक किनारमा गएका बुझिएको सहायक प्रहरी निरीक्षक पटिलले बताए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा पौडी खेल्न गएका वेपत्ता विद्यार्थीहरुको खोजी गरिरहेको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ