arrow

राष्ट्रपतिको शपथ ४ बजे, त्यसअघि अन्योल नै अन्योल

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
vidya-gopal.jpg

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ ग्रहण बुधबार अपरान्ह ४ बजे हुँदैछ । उनले दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिँदै छिन् । 

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माले राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ बजे तय भएको जानकारी दिएका छन् । 

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था रहेको छ । तर प्रधानन्यायाधीश विवादको घेरामा परेका बेलामा त्यसको विकल्प के हुनसक्छ भनी खोजी भइरहेको स्रोत बताउँछ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति बनेकी विद्यालाई एमाले र माओवादीले नै नरुचाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ खुवाउनेमा शंका छ । 

सर्वोच्चमा न्यायाधीशहरु मंगलबार बेन्चमा आठ न्यायाधीश उपस्थित नहुनु र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जवरा बाहिर बस्नुले एकै दिन उब्जिएको घटना भन्दैन । 

यो त समय कुरिएको एक घटनामात्र भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले न्यायालयको यो घटनालाई आफूले टुलुटुलु हेरेर बस्न नसक्ने जनाएका छन् भने यसअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमाथि हस्तक्षेप गर्ने संकेत गरेका थिए । 

यो घटना परिघटनाले राष्ट्रपति भण्डारीको सपथ छायाँमा पर्ने देखिएको छ । प्रधानन्यायाधीश पराजुलीलाई खुलेर अगाडि आउन सकस भएको छ । 

पराजुली आफ्नो गल्तीले भूमरीमा परे वा राजनीतिक चपेटामा परेका हुन् त्यो त पछि खुल्दै जाने छ नै । तर यतिबेला न्यायालयमाथि नै प्रश्नचिन्ह खडा भएको छ । 

न्यायपालिकामा राजनीति छिर्यो वा न्यायालयमा असर पुगेको हो त्यो पनि समयसंगै स्पष्ट हुनेछ । 

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई सपथ दिलाउनेबारेमा विभिन्न प्रक्रिया चलिरहेको छ । 

कसले सपथ गराउने भन्ने अन्योल रहे पनि उनको सपथ समारोहका लागि निम्तो भने उच्च पदस्थ अधिकारीदेखि कुटनीतिक नियोगका अधिकारीसम्मलाई भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ