arrow

ट्रम्प प्रशासन कमजोर बन्दै, ट्वीटरबाटै विदेशमन्त्री हटाएको जनाए ट्रम्पले 

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
rex-tillerson1.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सनकका भरमा चलिरहेको प्रशासन कमजोर बन्दै गएको छ । 

विश्वलाई नै असर र प्रभाव पार्ने विदेश नीति रहेको अमेरिकाका विदेश मन्त्री नै ट्वीटरबाट हटाइएको जानकारी दिएपछि के होला ? 

भएको छ त्यस्तै । ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई ट्वीटरबाटै हटाएको जानकारी गराए । 

टिलर्सनले ट्वीटरबाटै बर्खास्त गरिएको जानकारी पाएपछि त्यसको केही घण्टापछि बिदाइ वक्तव्य दिएका छन्।

टिलर्सनले रुसी नियतप्रति अमेरिकाले बोल्नै पर्ने प्रतिक्रिया दिएका छन् । ट्रम्प र टिलर्सनबीच यही विषयमा गम्भीर मतभेद रहेको थियो ।

राष्ट्रपति ट्रम्पसँग व्यक्तिगत र नीतिगत मतभेदलाई लिएर टिलर्सनको राजीनामाको कुरा पहिलेदेखि चर्चामा थियो ।

केही दिनअघि राष्ट्रपति ट्रम्पसँग आफूले कुराकानी गरेको बताएका छन् ।

तर ट्रम्पलाई टिलर्सनको नीति पटक्कै मन नपरेको जस्तो आभाष उनले त्यतिबेला पाएको बताए । 

तर अचानक र अपमानजनक तरिकाले हटाइनुलाई भने टिलर्सनले स्तव्ध भएको बाहेक केही बताउन सकेनन् । 

ट्रम्पको यो ‘हायर एण्ड फायर’ पोलिसीको भने सर्वत्र विरोध भएको छ । 

अन्तर्राष्ट्रिय संचारमाध्यमले ट्रम्पलाई सन्की र मुडीको संज्ञा समेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ