arrow

भारतीय प्रहरीका एसपीसहित ५ जना हतियारधारी टोली नेपाल प्रवेश

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1690069640.jpeg
पर्सा। वीरगन्ज–रक्सौल नाका भएर भारतीय प्रहरीका एसपीसहित ५ जना हतियारधारी टोली सहित नेपाल प्रवेश गरेको खुलेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारेपनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जीपमा पुल पार गरेर प्रवेश गरेका थिए ।
 
भारतीय प्रहरी गत शुक्रबार साँझ ७ बजे एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा  वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक हुँदै अन्तराष्ट्रिय नाकाबाट करिब १५ किलोमिटर भित्र परवानीपुरसम्म पुगेका थिए ।
 
त्यहाँ चेकजाँचमा तैनाथ पर्सा प्रहरीले गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद गरेको विश्वसनीय स्रोतले जनाएको छ । ‘४ जना बर्दीधारी प्रहरी सहित गाडीमा ५ जना थिए,’ स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा रहेका एक व्यक्तिले आफू एसपी रहेको परिचय खुलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ