arrow

सांसदहरुलाई प्रशिक्षण दिने भएपछि सिटौला समूहको कार्यक्रम स्थगित, अब चैत २ गते हुने

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
krishna-sitaula-mahila-sangh.jpeg

काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसदमा प्रस्तुत हुने शैली सिकाउन प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। यसका लागि बुधबार बिहान ११ बजेदेखि पार्टी मुख्यालय विपीनगर सानेपामा अभिमुखीकरण भइरहेको छ।

उक्त कार्यक्रमलाई सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतले सांसदहरुलाई संसदीय परिपाटीका विषयमा सिकाउँदै छन्। प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् ।

यसैबीच, बुधबार बिहान पूर्वमहामन्त्री सिटौलाले आयोजना गर्ने भनिएको कार्यक्रम भने स्थगित भएको छ। बुधबार बिहान १० बजेदेखि सुरु हुने गरी सिटौलाले काँग्रेसलाई समय सापेक्ष र बदलिँदो परिस्थिति अनुसार चुनौतीहरुलाई चिर्न सक्ने संगठन कसरी बनाउने भन्ने सन्दर्भमा अन्तक्र्रियाको आयोजना गर्दै थिए। 

रामशाह पथ बग्गीखानास्थित योगम्वर पार्टी प्यालेसमा नेता सिटौलाले कार्यक्रम राखेका थिए। तर पार्टी कार्यालयमा सांसदहरुको प्रशिक्षण हुने भएकाले कार्यक्रम स्थगित गर्नुपरेको पूर्वमहामन्त्री सिटौलाले हाम्राकुरालाई जानकारी दिएका छन्। 

स्थगित कार्यक्रम चैत २ गते पुतलीसडकस्थित अनुपम फुटल्याण्डमा आयोजना गरिने नेता सिटौलाले बताए । 

यो कार्यक्रमबाटै आगामी महाधिवेशनको दिशासमेत तय गरिने जनाइएको छ । 

विभिन्न समुहमा रहेर पार्टी संगठनका लागि चिन्ता व्यक्त गर्दै आएका सबैलाई कार्यक्रममा निम्त्याइएको थियो। 

चुनावमा पार्टीको पराजय भएपछि संगठित भएर पार्टी संगठनलाई चलायमान बनाउनुपर्ने तथा पार्टीको नेतृत्वका बारेमा समेत प्रश्न उठाउँदै आएकाहरुलाई समेत कार्यक्रममा निम्त्याइएको बताइएको छ। सिटौला हालै प्रदेश नम्वर ७ मा पार्टी कार्यक्रमहरुमा सहभागि भइ काठमाडौं आएका हुन्। 

केन्द्रीय समितिको बैठकअघि धेरै भन्दा धेरै नेता कार्यकर्ताहरुको कुरा सुनी उनीहरुले पार्टी हितका लागि राखेका धारणा बैठकमा राख्नको लागि समेत छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्न लागिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ