arrow

पाँचथर कांग्रेसमा खैलाबैला ल्याउने को हुन् उपसभाति काफ्ले ?

पाँचथर कांग्रेसले गर्‍यो अधिवेशनको दुई बर्षपछि पदाधिकारी विस्तार

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ फागुन ३० बुधबार
congress_padhadikari_photo.jpg

पाँचथर ।  १३ औँ अधिवेशन भएको झण्डै २ वर्षपछि नेपाली कांग्रेस पाँचथरले पदाधिकारी विस्तार गरेको छ । पार्टीको वैठकले उपसभापतिमा पार्टीका महासमिती सदस्य तथा मनोनित जिल्ला सदस्य मित्र प्रसाद काफले र सहसचिवमा पार्टीका निर्वाचित जिल्ला सदस्य बालकृष्ण ओझालाई चयन गरेको हो । यस्तै पार्टीले अनुशासन समिती पनि गठन गरेको छ ।

पार्टीका निर्वाचित जिल्ला सदस्य धनेन्द्रराज चेम्जोङको संयोजकत्वमा ३ सदस्य अनुशासन समिती गठन गरिएको छ । समितीका सदस्यहरुमा हंशराज राई, र नारायण कोइराला रहेका छन् ।  पार्टीको विधानमा भएबमोजिम पदाधिकारीहरुलाई मनोनित गरेको पार्टी जिल्ला सभापति नरेन्द्र कुमार केरुङले बताए ।

कांग्रेस पाँचथर जिल्ला उपसभाति पदमा मनोनित भएका काफले को हुन्  ?

पाँचथर फिदिम नगरपालिका वडा नम्बर १ मा स्थायी घर भएका मित्र प्रसाद काफले ४ पटकसम्म उद्योग वाणिज्य संघ पाँचथरको अध्यक्ष भइसकेका छन् । पाँचौ,छैठौ, सातौ र दशौँ अधिवेशनबाट संघको अध्यक्ष सम्हाली सकेका काफ्ले जिल्लामा मात्रै नभएर महासंघको केन्द्रमा समेत दुई कार्यकाल केन्द्रिय सदस्य तथा सल्लाहकार समेत भइसकेका छन् ।

त्यसैगरी काफ्ले वि.स.२०५८ सालमा उद्योग वाणिज्य संघ पाँचथरले सदरमुकाम फिदिममा संचालन गरेको स्वच्छ पिउने पानीको संस्थापक अध्यक्ष,पाँचथर बहुमुखी क्याम्पसको ०५७ सालदेखि अहिलेसम्म निरन्तर संचालक समिती सदस्य, ०४८ सालदेखि निरन्तर जिल्ला बालकल्याण समितीको सदस्य,०६८ सालमा लाइन्स क्लव पाँचथरका अध्यक्ष,अलैँची ब्यवसायि महासंघका सल्लाहकार भइसकेकम छन् । उनि हाल उद्योग वाणिज्य संघ पाँचथरको अध्यक्ष हुन् ।

 नेपाली कांग्रेस पार्टीमा वि.स. २०४८ सालदेखि उनि निरन्तर गाउँ,क्षेत्र र जिल्लामा क्रियाशिल छन् ।  वि.स. ०६७ सालमा भएको १२ औँ अधिवेशन बाट उनि आमन्त्रित जिल्ला सदस्य बने । यस्तै १३ औँ महाधिवेशनमा भने  महाधिवेशन प्रतिनिधी हुँदै महासमिती सदस्य बने ,यस्तै उनि पार्टीको आमन्त्रित जिल्ला सदस्य हुदै हाल पार्टीको वैठकले उनलाई उपसभापति बनाएको छ ।

काफ्ले उपसभापति बनेपछि पार्टीभित्र निक्कै खैलाबैला र तरंग छाएको छ, विभिन्न सकरात्मक नकरात्मक दुवै किसिमका टिकाटिप्पणी आइरहेको छ । कसैले काफले उपसभापति बनेकोमा खुशियाली प्रकट गरेका छन् भने कतिपयले नकरात्मक टिकाटिप्पणी समेत गरेका छन् । लामो समय देखि सामाजिक सेवामा तल्लिन काफले पार्टीमा सक्रिय वन्दै जाँदा कतिपयले यो निर्णयले पार्टीलाई फाइदा पुग्ने भनेर भनेका छन् भने कतिपयले पैसा र पहुँचको आधारमा पार्टी उपसभापति बनेको भन्दै दुर्भाग्यपूर्ण भनेका छन् ।

 पार्टीको १२ औँ अधिवेशनबाट पार्टी सभापति केरुङ सित नजिक भएर काम गर्दे आइरहेका काफले केरुङका विश्वासिलोपात्रको रुपमा चिनिएका छन् । १३ औँ महाधिवेशनमा भने उनले केरुङलाई सभापति बनाउन सक्रिय भूमिका मात्रै खेलेनन् , आफनो प्यानललाई जिताउन राम्रो डिजाइन समेत बनाए ।

त्यसैको फलस्वरुप भनौ, या त सभापति प्रणालीको मनोमानी भनौ,अहिले एउटै अधिवेशनबाट चार, चारवटा सम्म पद पाउन समेत सफल भएको भन्दै सामाजिक संजाल लगायत पार्टीका नेता कार्यकर्ताहरु वीचमा टिकाटिप्पणी भइरहेको छ । निर्वाचित जिल्ला सदस्यहरु हुँदाहुँदै महासमिती सदस्यलाई उपसभापति बनाइनु लजास्पद भएको टिप्पणी समेत नेता कार्यकर्ताहरुले गरेका छन् ।

उपसभापति पदका लागि निर्वाचित जिल्ला सदस्य,बालकृष्ण ओझा, यज्ञ भट्टराई,छवि बास्कोटा,धनेन्द्रराज चेम्जोङ,गोविन्द फुयाल लगायतको नाम चर्चामा थियो । काफलेको नाम चर्चामै नरहेपनि एक्कासी उपसभापति मनोनित हुँदा भने पार्टी भित्र तरंग छाएको हो । उपसभापति पदका आकांक्षी नेपाली कांग्रेसका निर्वाचित जिल्ला सदस्य यज्ञ भट्टराईले भने,“ ब्यक्ति कसले के पद पायो भन्ने विषय प्रधान भएन तर मनोनित गर्ने पद्धति र शैली भने उचित भन्ने आफूलाई त्यति ठिक लागेन् ।”

उनले थपे,“ विहिवार १२ बजे वैठक वस्दैछ भनेर अघिल्लो दिन सभापतिले भन्ने,त्यो पनि के विषयमा वस्दैछ,एक आपसमा छलफलै नगरी पदाधिकारी लगायत अनुशासन समिति बनाउनुले पार्टीको हित गर्छ भन्ने आफूलाई लाग्दैन् ।”

 यस्तै नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले विधान सम्भवत पदाधिकारी चयन भएकोलाई अनुमोदन गर्नुपर्ने बताए । तर यसले पार्टीको हितलाई फाइदा पुग्छ पुग्दैन भनेर चाहिँ सोच्ने बेला आएको उनको भनाई छ । यस्तै नेपाली काँगेस फिदिम नगरपालिका वडा नम्बर १ का सभापति तथा निवर्तमान आमन्त्रित जिल्ला सदस्य शुभराज थापाले भने क्षमतावान निर्वाचित जिल्ला सदस्यहरु हुँदाहुँदै यसअघि नै एउटै कार्यकालमा ३ ओटा पदमा भएका ब्यक्ति जो विवादित ब्यक्तिलाई पार्टी उपसभापति बनाइनुले पार्टीलाई हित नगर्ने बताए ।

 यस्तै पार्टीका पूर्व आमन्त्रित जिल्ला सदस्य दिपक नेपालले १३ औँ महाधिवेशन भएको २ वर्षपछि पार्टीको पदाधिकारी विस्तार गर्नुले पार्टीको हित नगर्ने बताउँदै यसका लागि पहिले नै पदाधिकारी चयन गरिसक्नुपर्ने बताए । पहिल्यै पदाधिकारी चयन गरेको भए स्थानियतहको निर्वाचन देखि प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समेत ठूलो टेवा पुग्ने उनको भनाई छ । यस्तै कतिपय कांग्रेस नेता कार्यकर्ताहरुले भने भूगोल समेत नमिलाइकन पदाधिकारी चयन गरेको बताएका छन् । सभापति केरुङ सिदिन,उपसभापति काफले नाँगिन,निर्वाचित जिल्ला सचिव जवेगु याङनाम एउटै क्षेत्रका ब्यक्तिहरु भएको बताएका छन् । २ नम्बर क्षेत्र बाट २ जना मात्रै मनोनित सचिव र निर्वाचित कोषाध्यक्ष जय कुमार ढकाल मात्रै रहेका छन् ।

यस्तै काफले पार्टी उपसभापति भएपश्चात अबको सभापतिको पनि उहाँ नै हो भन्ने सम्मपनि संकेत गरेको प्रतिक्रिया दिएका छन् । काफलेले भने पार्टीका सवै नेता कार्यकर्ताहरुलाई समेटेर पार्टीलाई एक ढिका बनाएर लैजाने प्रतिक्रिया दिए ।

को हुन् कांग्रेस जिल्ला सहसचिव पदमा मनोनित ओझा ?

पाँचथर हिलिहाङ स्थित सुभाङका ओझा वि.स. २०४७ साल बाट ने.वि.संघको राजनिती शुरुवात गरेका ओझा ५१ सालमा नेविसंघको क्षेत्रिय सदस्य, ५१ सालमा क्रियाशिल सदस्य,५४ सालमा पार्टीको वडा समिती संयोजक बन्नुभयो, यस्तै १२ औँ अधिवेशनमा पार्टीको आमन्त्रित जिल्ला सदस्य बने । उनि पार्टीको अलावा पनि विभिन्न एनजिओ,आइएनजिओ सम्हाल्दै अहिले दुई कार्यकाल निरन्तर गैर सरकारी संस्था महासंघको अध्यक्ष बनेर गैससलाई अघि वढाइरहेका छन् ।

 ६८ सालदेखि अहिलेसम्म उनि गैससको अध्यक्ष रहिरअेका छन् ।  १३ औँ अधिवेशनताको समयमा केरुङलाई सभापति बनाउन सक्रिय भूमिका निर्वाह गरेका ओझा केरुङका प्रिय पात्र हुन् । ओझाले उपसभापति पदको आकांक्षा राखेपनि पार्टीको सहसचिव पदमै चित्त बुझाउनु परेको छ । ओझाको जिल्ला तहमा राजनितीमा त्यत्ति धेरै असन्तुष्ट नभएपनि आफनै गाउँ सुभाङमा भने पार्टीको गुटउपगुटका कारण ओझाको प्रभाव पार्टी भित्र त्यति नदेखिएको पार्टीकै नेता कार्यकर्ताहरु बताउने गर्दछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ