arrow

काँग्रेसको उद्घाटन कार्यक्रम अहिलेसम्मकै छोटो, मात्र २७ मिनेट

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
congress-office.jpg.gif

काठमाडौं। नेपाली काँग्रेसको उद्घाटन कार्यक्रम अहिलेसम्मकै छोटो कायम भएको छ। बुधबार कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसदमा प्रस्तुत हुने शैली सिकाउन केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन शत्र मात्रै २७ मिनेट चलेको हो। 

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हाम्राकुरासंग भने, ‘मैले जानेबुझेसम्म काँग्रेसको केन्द्रीय समितिको उद्घाटन शत्र जम्मा २७ मिनेटमा सकिएको यो पहिलो पटक हो।’ यो समयमा आसन ग्रहण, मौनधारण, विपीको तस्वीरमा माल्यार्पण, महामन्त्री डा शशांक कोइरालाद्धारा स्वागत भाषण, वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा विषय प्रवेश र मन्तब्य तथा सभापति शेरबहादुर देउवाबाट उद्घाटनसहित मन्तब्य गरी सबै २७ मिनेटमा सकिएको छ। 

कार्यक्रम छोटो र छरितो हुनुलाई शर्माले काँग्रेस नविन ढंगले जाने क्रममा रहेको प्रमाण भएको समेत बताए। काँग्रेस रुपान्तरित ढंगले जाने भन्दै शर्माले बन्द शत्रमा सांसदहरुलाई संसदमा कसरी प्रस्तुत हुने र एजेन्डाहरु के राख्ने लगायतका विषयमा जानकारी दिइराखिएको बताए। उनले साँझ ६ बजेपछि डिनरसहित कार्यक्रम सकिने पनि बताएका छन्। प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन्।

शर्माले ‘हामीले केन्द्रका दुवै सदन र प्रदेशका सांसदका लागि संसदीय परिपाटीका विषयमा प्रशिक्षण दिन लागेका छौँ। कसरी प्रस्तुत हुने र धारणा बनाउने, सांसदलाई सुसूचित गर्ने, शून्य समय, विशेष समय र कुन वेला बोल्न हुन्छ, कुन वेला हुँदैन भन्नेमा बोल्न सिकाउन लागिएको हो।’ भने। अभिमुखीकरणमा विज्ञ, पार्टी नेताले प्रशिक्षण दिँदैछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ