arrow

बझाङमा जिप दुर्घटना : २ महिलाको मृत्यु , २ को अवस्था चिन्ताजनक

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ फागुन ३० बुधबार

बझाङ ।  बुधबार विहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आँउदै गरेको से १ ज ६१५ नम्बरको जिप नेटारेल्यामाटी भन्ने ठाँउमा दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्  ।
 
मृत्यु हुनेमा छविसपाथीभेरा गाँउपालीका ५ की ५२ बर्षिया सुनकोसा जाग्री र ४८ बर्षिया रुद्रा जाग्री रहेको प्रहरी नायब उपरिक्षक ऋर्षिराम कडेलले दिए । त्यस्तै घाईते हुनेमा दुर्घटानामा परि २ जना घाईते भएका छन् घाईते हुनेका छविसपाथीभेरा ५ कै जमान धामी र देबराज जाग्री रहेका छन् ।  घाईते दुबैजनाको अवस्था चिन्ताजनक रहेको जनाईएको छ । घाईतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भई रहेको छ ।

ओरालो बाटोमा कंकड भएका कारण सिलिप खाएर दुरघटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मंगलबार समेत सुर्मा गाँउपालीका २ मा जिप दुर्घटनामा परि ७ जना घाईते भएका थिए । दुर्घटना के कती कारणले भएको हो भन्ने खुल्न नसकेको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ