arrow

सामान्य प्रशासनबाट खटाइएका २ सय ३९ कर्मचारी अझै कार्यलय गएनन्

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
Ministry-General-Administration-hamrakura-2.jpg.jpeg

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनबाट विभिन्न प्रदेश सरकारमा खटाइएका २ सय ३९ कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन् । सातवटै प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि गएका २ सय ३९ कर्मचारी अझै नगएको मन्त्रालयका उपसचिव सुभद्रा ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रदेश सरकार सञ्चालन हुँदाखेरी नै पठाइएका ती कर्मचारी अटेरी गर्दै अझै प्रदेश कार्यालयमा हाजिर भएका छैनन् ।

उपसचिव ढुंगेलले सम्बन्धित प्रदेश कार्यालयले हाजिर नहुने कर्मचारीको विवरण पठाए उनीहरूलाई स्पष्टीकरण साधिने बताए । सामान्यले प्रदेश सरकारमा केही समयका लागि आन्तरिक व्यवस्थापन गर्न भन्दै एक हजार ६८ कर्मचारी खटाएको थियो ।

प्रत्येक प्रदेश प्रमुखको कार्यालयमा सचिवको नेतृत्वमा र प्रदेश मन्त्रालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाइएको छ ।

यसगरी खटाइएका १७ कर्मचारीले भने अझै पत्रसमेत बुझेका छैनन् । प्रदेश कार्यालयका लागि एक हजार ५ सय ५ कर्मचारी आवश्यक भएकाले अपुग कर्मचारी पठाउने तयारी पनि गरिएको उनले जानकारी गराए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ