- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । न्यायपरिषदले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको औपचारिक जानकारी गराएको छ ।
न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले जारी गरेको चिठीमा प्रधानन्यायाधीश पराजुलीको पदावधि पहिले नै सकिएको उल्लेख छ ।
लामो समय विवादमा परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली अवैध ठहरिए । न्यायपरिषद ऐन २०७३ अनुसार न्याय परिषदले प्रधानन्यायाधीश पराजुलीलाई पदमा नरहेको चिठी पठाएको हो ।
न्याय परिषदले परीक्षा नियन्त्रण कार्यालयबाट वुधबार आएको पत्र अनुसार पराजुलीको उमेरहदका कारण पराजुली गएको साउन २१ मै अवकास पाइसकेको जनाएको छ ।