arrow

बेलायतले तोड्यो रुससंगको उच्चस्तरीय सम्पर्क, २३ कुटनीतिज्ञ देशनिकाला 

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
uk-russia.jpg

काठमाडौं । बेलायतले रुससंगको उच्चस्तरीय सम्पर्क तोडेको छ । रुसले अनावश्यक बखेडा झिकेपछि बेलायतले उच्चस्तरीय सम्पर्क तोड्दै २३ जना रुसी कुटनीतिज्ञलाई पनि देश निकाला गर्ने निर्णय गरेको हो । 

बेलायतले एक हप्ताभित्र निष्कासित रुसी कुटनीतिज्ञहरुले बेलायत छाड्न निर्देशन दिएको छ । 

बेलायतले रुसमाथि रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप पनि लगाएको छ । रुसले भने सबै आरोपको खण्डन गरेको छ ।

मार्च ४ तारिखमा बेलायतमा एक रुसी जासुस र उनकी छोरीलाई रुसले विष दिएको आरोप लागेको थियो । 

उनीहरुको अवस्था गम्भीर छ । रुसको जासुस भनिए पनि उनी बेलायतका लागि काम गर्ने गरेको बताइएको छ । 

त्यसैगरी मेले रुसमा हुने विश्वकप फुटबलमा समेत बेलायती शाही परिवारका सदस्य सहभागी नहुने बताएकी छिन् । 

उनले रुसी विदेश मन्त्रालयको आग्रह लत्याउँदै उच्चस्तरीय सम्पर्कसमेत विच्छेद भएको बताएकी छिन् । 


बेलायती यो निर्णयसँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बेलायती अधिकारी जोनाथन एलेनले रुसले यस्तो रासायनिक हतियार प्रयोग गरेको बताएकी जुन युद्धमा समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । 

अमेरिकी राजदूत निकी हेलीले पनि बेलायतको समर्थन गरेकी छिन् ।

रुसले सबै आरोपको खण्डन गरेको बीबीसीले समाचार बनाएको छ । 

 

Soldiers wearing protective clothing prepare to lift and recover an Ashley Wood recovery vehicle in Hyde Road, Gillingham, DorsetSergei Skripal and his daughter Yulia

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ