arrow

पहिलो पटक स्थानीय तहले लिएको परिक्षा रामपुरमा मर्यादित

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
school1.jpg

पाल्पा, रामपुर । आधारभूत तहको अन्त्यमा लिइने कक्षा ८ को परीक्षा रामपुर नगपालिकाले व्यबस्थित रुपमा सञ्चालन गरिरहेको छ । यस अघि जिल्ला शिक्षा कार्यालयले परीक्षा लिदै आएकोमा राज्यको संरचना अनुसार शिक्षा ऐन २०७४ को अधिकार प्र्रयोग गरि स्थानीय निकायले नै परीक्षा सञ्चालन गरेको हो ।

बुधबार गंगा माबि एक्लेटार, जनकल्याण माबि रामटार, भानुुभक्त माबि बर्दले परीक्षा केन्द्रमा परीक्षा हेर्नुभएका रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सबै केन्द्रमा अनुशासित, शान्त र मर्यादित रुपमा परीक्षा चलिरहेको बताए । ‘‘हामी टिम बनेर सबै परीक्षा केन्द्रको अनुगमन गरेका छौ’’ थापाले भने। नगरपालिका प्रमुख थापा, उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्य, प्रशासकीय अधिकृत यामेन्द्र उपाध्याय, शिक्षा शाखा प्रमुख रमाकान्त अर्याल, योजना बिज्ञ कपिल खाँण, लेखा सहित १२ सदस्यीय मोवाइल टिम अनुगमनमा खटिएको छ । परीक्षामा सहभागी बिद्यालयका कक्षा शिक्षकलाई पनि दैनिक फरक–फरक परीक्षा केन्द्रमा अनुुगमनमा खटाइएको थापाले जानकारी दिए ।

गत मंगलबारदेखि शुरु भएको नगरपालिका भित्रका २५ आधारभूत तहको बिद्यालयका ९ सय १९ जना परीक्षार्थी आ –आफ्नै बिद्यालयमा नै परिक्षामा सहभागी भएका छन् । २० सामुदायिक बिद्यालयका ७ सय ६९ जना र ५ संस्थागत बिद्यालयका १ सय ५० बिद्यार्थी परीक्षामा सहभागी रहेको नगर शिक्षा शाखा प्रमुख रमाकान्त अर्यालले बताए । प्रत्येक बिद्यालयबाट १-१ जना शिक्षक गरि २५ शिक्षकलाई आफ्नो भन्दा भिन्न बिद्यालयमा अनुगमनमा खटाइएको छ । उनीहरुले अनिवार्य बिषयका परीक्षा चल्ने ५ दिन सम्म परीक्षा केन्द्रमा पुगी अनुगमन गर्नेछन् ।  पहिलेको जस्तै बिद्यार्थीले आफ्नै बिद्यालय र शिक्षकका बिच परीक्षा दिएकाले डर त्रास जस्ता कुनै समस्या परेको छैन अर्यालले भनेर् ।

स्थानीय निकायले नै परीक्षा लिएपछि निजी र सामुदायिक बिद्यालयबाट तुलनात्मक नतिजा निकालेर पृष्ठपोषण दिन सहज हुनेछ । एसईई परीक्षामा मात्र संस्थागत र सामुदायिक बिद्यालयको तुलना गरिने प्रचलनका बिच अब आधारभूत तहको अन्तिम परीक्षामा तुलनात्मक अध्ययन गरी थप पृष्ठपोषणका साथ आगामी परीक्षामा नतिजा सुधार गर्न मद्धत पुग्ने आशा लिइएको छ ।  नबदुर्गा माबिका प्रद्यानाध्यापक कृष्ण प्रसाद पाण्डेले नगरपालिकाको शिक्षा शाखामा बिषय बिज्ञको टिम राखेर नगरपालिकाले नै प्रश्नपत्र बनाएर परीक्षा लिनु निकै उपलब्धी भएको बताए । नगरपालिकाले नयाँ संरचनामा परीक्षालाई व्यबस्थित गराए जस्तै शिक्षाका हरेक क्षेत्रमा रहेका समस्या समाधानमा चासो दिनुपर्छ उनले भने।  

फागुन २९ गते मंगलबार देखि चलेको परीक्षा आगामी चैत ६ गते सकिनेछ । यस बर्ष स्थानीय निकायले पहिलो पटक परीक्षा लिएकाले पनि सिक्दै र अनुभब बटुल्दै आगामी बर्ष अझै प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने यस परीक्षाले ज्ञान बटुल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ