arrow

बिजय पछि के भने पारस खड्काले समर्थकहरुलाई ?

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
paras-khadka.jpg.jpeg

काठमाडौं। नेपालले पपुवा न्यु गिनीलाई जिते पछि नेपाली कप्तान पारस खड्काले नेपालमा रहेका र विश्वभरीका नेपाली क्रिकेटलाई माया गर्नेहरुलाई धन्यवाद भनेका छन्। 

हामीले आईसीसीको वेबसाईट र सामाजिक संजालबाट हाम्रा समर्थक र प्रशंसकहरुको कुरा सुनिरहेका छौ।' उनले अगाडी भने 'आईसिसीको वेबसाईट मार्फत हाम्ले जानकारी पाएका छौ की कतिपय टेष्ट खेल्ने राष्ट्रहरु भन्दा पनि बढी हाम्रा समर्थक र प्रशंसक छन्। हामी खूशी छौं।' 

आईसीसीको ट्विटर मार्फत खड्काले नेपाली समर्थक र प्रशंसकहरुलाई भिडियो मेसेज दिएका हुन्। 

'हामीले विश?वकप छनौटको दोस्रो चरणमा प्रवेश गर्न नसकेको भए पनि हामी प्रति विश?वास देखाउने समर्थकहरु प्रति आभारी रहेका छौं।' 

खड्काले समर्थक र प्रशंसकका रुपाम हामीलाई प्रोत्साहित गरिरहन आव्हान गरेका छन्। हामी नेपाली क्रिकेटकालागि उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिरहने छौं। 

नेपालले पपुवा न्यु गिनीलाई पराजित गरे पछि नेपाल एकदिवसीय अन्तराष्ट्रीय क्रिकेट पाउने संघारमा उभिएको छ। यदी अर्को खेलमा नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाउने छ। 

हङकङले नेदरल्याण्डलाई पराजित गरेमा फाईनलमा हङकङ र नेपाल बिचको बिजयी टोलीले उक्त मान्यता पाउने छ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ