arrow

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, आइसीसीको एकदिवसीय मान्यता

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
nepal3.jpg

काठमाडौं । नेपाली क्रिकेटले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको छ । नेपालले अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले प्रदान गर्ने एकदिवसीय क्रिकेटको मान्यता पाएको छ ।

जिम्बावेमा जारी विश्वकप एक दिवसीय छनोटको प्लेअपमा नेदरल्याण्ड्स विजयी भएसँगै नेपालले एक दिवसीय मान्यता पाउने पक्का पक्की भएको हो । नेदरल्याण्ड्सले यसअघि नै एकदिवसीय मान्यता पाइसकेकाले अब नेपाल अन्तिम खेल हारे पनि एक दिवसीय मान्यता पाउने पक्का पक्की छ । नेपालले अब विश्वकप छनोटको सातौं स्थानको खेलमा शनिबार नेदरल्याण्ड्ससँग खेल्ने छ ।

एक सय ७५ रनको चुनौती दिएको नेदरल्याण्ड्सले हङकङलाई १ सय ३० रनमै राकेर ४४ रनको रोमाञ्चक जित निकालेको हो । यसअघि विहिबारै भएको अर्को प्लेअपमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले हरायो । एक सय ६२ बल बाँकि छँदै नेपाल विजयी भएको थियो । नेपालको जितमो दिपेन्द्र सिंह ऐरी नायक बने । विहिबारै पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय मान्यता नजिक थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २ दशकमा नेपालले प्राप्त गरेको यो ऐतिहासिक सफलता हो । छनोटमा आइसिसीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेल्ने ६ मध्ये ४ टोलीलाई सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता दिने निर्णय गरेको हो ।  

विश्व लिग क्रिकेट च्याम्पियनसिपको विजेता नेदरल्यान्ड्सले स्वतः एकदिवसीय मान्यता पाइसकेको छ । स्कटल्यान्ड र युएईले सुपर–६ मा स्थान पक्का गर्दै एकदिवसीय मान्यता पक्का गरिसकेका छन् । नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै सातौं स्थानको प्ले अफमा स्थान पक्का गरेर एकदिवसीय मान्यता पायो । नेपाल यसअघि अन्तिम ६ मा पर्न सकेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ