arrow

कञ्चनपुरमा बसको ठक्करबाट महराको र करेन्ट लागेर भट्टको मृत्यु

logo
दिपेन्द्र बस्नेत।
प्रकाशित २०७४ चैत १ बिहिबार
Kanchanpur-hamrakura.jpg.jpeg

महेन्द्रनगर। कञ्चनपुरमा दुई अलग अलग घटनामा परि दुई व्यक्तिको निधन भएको छ। बसको ठक्करमा परि एक व्यक्तिको मृत्यु भएको कञ्चनपुरमै अर्को घटनामा करेन्ट लागेर अर्का एक  व्यक्तिको पनि मृत्यु भएको हो। 

भारतको दिल्लीदेखि काठमाण्डौ गईरहेको मञ्जुश्री यातायातको बा ४ ख २३८९ नम्बरको बसले कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं ५ स्थित बाल जागृति स्कूल नजिक ठक्कर दिँदा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ३ घर भई हाल भिमदत्त नगरपालिका वडा नं ५ बनखेत बस्ने अन्दाजी वर्ष ५० का पैदल यात्री बीर सिंह महराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बस र बस चालक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको कञ्चनपुर प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए। 

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं ५ बनसमिति बस्ने वर्ष १७ का नरेश भट्टको बिहिवार साँझ खेतमा पानी लगाउने क्रममा मोटरको तारबाट करेण्ट लाग्दा सेती अञ्चल अस्पताल धनगढीमा औषधी उपचार गर्न लैजाने क्रममा बिच बाटोमा नै मृत्यु भएको सेटीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ