arrow

राष्ट्रपतिलाई चीन र बंगलादेशबाट एकै पटक बधाई

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
Bidhya-Devi-Bhandari.jpg.jpeg

काठमाडौँ । श्रीमती विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हालेकामा चीनका राष्ट्रपति सी जिन पिङले बधाई दिएका छन् ।

राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अति महत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरी राष्ट्रपति सीको बधाई सन्देश हस्तान्तरण गरेकी थिइन् ।

बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पनि राष्ट्रपति भण्डारीलाई बधाई सन्देश पठाउँदै पारस्परिक लाभका लागि बंगलादेश–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन राष्ट्रपति भण्डारीसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ