arrow

को हुन् भावी प्रधानन्यायाधीश जोशी ? 

डाक्टर, कवि र अभिनेता पनि

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
depakraj.JPG

काठमाडौं । दीपकराज जोशी २० वर्ष टेक्दै थिए । त्यही बेला एकल नाटक महोत्सव भएको थियो । खेले । पहिलो भए । त्यसको ४३ वर्षपछि, जोशी मुलुकको न्यायिक निकायको पहिलो व्यक्ति भएका छन् । कामु प्रधानन्यायाधीश जोशीलाई साहित्यमा विशेष रुची छ । १९ वर्षको उमेरमा उनले शहीद सप्ताह कविता प्रतियोगितामा सान्त्वना पुरस्कार पाएका थिए ।

यो २०३१ सालतिरको कुरा हो । त्यही बेला उनी ३ वर्षसम्म साहित्यिक पत्रकार संघ नेपालको महासचिव समेत बनेका थिए । सडक साहित्य क्रान्तिका सक्रिय सदस्य थिए त्यो बला उनी । उनका कविता, लेख रचनारुपरेखा, मातृभूमी, गरिमा, मधुपर्क, गोरखापत्र लगायतका पुराना पत्रपत्रिकामा छापिएका छन् । 

दल निकट संघ संस्थामा पनि जोशी आबद्ध भएका थिए । २०४४ देखि २०४६ को वीचमा नेपाल शिक्षक संघको केन्द्रीय सदस्य समेत बने। २०३६ देखि करीब ११ वर्ष वकालत पेशा गर्दै आएका जोशी, २०४७ मा नेपाल ल क्याम्पसका प्रिन्सिपल बने भने, त्यही बेला नेपाली काँग्रेस निकट डेमोक्र्य्राकि लयर्स अशोसिशएनका संस्थापक सचिव बने । जोशीले ७ वर्ष नेपाल ल क्याम्पसमा र दुई वर्ष पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन समेत गरेका छन् । 

न्यायाधीश यात्रा :
जोशीले २०४८ कात्तिकमा पुनरावेदन अदातल जनकपुरबाट न्यायाधीशको यात्रा शुरु गरेका हुन् । त्यसपछि उनी पुनरावेदन अदालत हेटौंडा, इलाम, तुलसीपुर, बुटवल, राजबिराज, धनकुटा र फेरी बुटवल हुँदै, २०६६ मा काजमा पाटन गएर पुनरावेदनको न्याधिश यात्रा टुंग्याए । 

मुख्य न्यायाधीश र सर्वोच्च प्रवेश
बि.सं २०६५ मा जुुम्ला पुनरावेदनबाट उनको मुख्य न्यायाधिशको यात्रा शुरु भएको हो । एक वर्ष जुम्ला बसेपछि उनी अर्को एक वर्ष दिपायलमा कार्यरत रहेपछि पुनरावेदनको मुख्य न्यायाधीशको रुपमा थप दुई वर्ष त्यहीँ रहे । दिपायलपछि उनी पुनरावेदन अदालत सुर्खेतको मुख्य न्यायाधीश बने । २०७१ बाट जोशी सर्वोच्च्को न्यायाधिश बनेका हुन् । 

शिक्षाः 
नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका जोशीले त्रिवि कीर्तिपुरबाट राजनीति शास्त्रमा एम.ए अध्ययन गरेका छन् । उनले खुला अन्तर्राष्ट्रिय विश्वविद्यालय श्रीलंका—नेपाल शाखाबाट पुरक चिकित्सामा डाक्टरको उपाधी पनि लिएका छन् । (पुरक चिकित्सा—थेरापी, हिलिङ लगायत) । 

काठमाडौं धुम्बाराही आशिष मार्गका जोशीकी श्रीमतीको नाम विजया हो । यो जोडीका एक छोरा र एक छोरी छन् । २०११ साल असोज २४ गते जन्म मिति भएका जोशीमाथि कुनै भबितव्य नपरे २०७६ असोज २४ सम्म प्रधानन्यायाधिश बन्न पाउनेछन् ।  

प्रतिबद्धता र अपेक्षाः
कामय मुकायम प्रधानन्यायाधीशको कार्याभार सम्हाले पछि जोशीले भनेका छन् “अव्यवस्थित न्यायालयलाई व्यवस्थित बनाउँछु, ‘अव्यवस्थित न्यायपालिका आफैंभित्रबाट भएको हो । अरुलाई दोष दिने ठाउँ छैन ।’ जोशी पुरक चिकित्साका डाक्टर पनि हुन्, थलिएको न्यायालयलाई अब उनले कसरी हिलिङ गर्छन् त्यो हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ