arrow

संसदमा प्रधानमन्त्री ओलीको संवोधन, उपसभामुख चयन हुँदै 

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
sanghiya-samsad.png

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवोधन गर्ने भएका छन् । प्रतिनिधि सभाको बैठकमा दिउँसो १ बजे प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीले नियमित रुपमा संसदमा संवोधन गर्ने र सांसदहरुका जिज्ञासा मेट्ने कार्यक्रमको सुरुआत हुँदैछ । 

प्रधानमन्त्री ओलीको संवोधनपछि बस्ने दोस्रो चरणको बैठकमा उपसभामुखको निर्वाचन हुने भएको छ । 

उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । 

प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेकी डा शिवमाया तुम्बाहाम्फे र नेपाली काँग्रेसकी पुष्पा भुसाल गौतमले उम्मदेवारी दिएका छन् ।

डा तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी तथा भुसालको प्रस्तावकमा डा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेका छन् । 

संघीय संसद् सचिवालयले दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले बताए ।

प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदवारीउपर छलफल गरिने र त्यसपछि मत विभाजन गरिने सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाका सभामुखको निर्वाचत गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् । 

उपसभामुखको निर्वाचन भएपछि प्रधानमन्त्री केपी ओलीले दिउँसो ३ बजे राष्टिय सभाको बैठकमा सहभागी भइ नवनिर्वाचित अध्यक्षलाई बधाई दिने कार्यक्रम रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ