arrow

सरकार विस्तारमा प्रधानमन्त्री ओली आफैं टाङ अड्काउँदै  

फोरम तुरुन्तै सामेल हुने संभावना न्यून 

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
prachanda-kp-oli.jpg.jpeg

काठमाडौं । संघीय समाजवादी फोरमलाई सरकारमा सामेल गराउन संविधान संशोधनको आफ्नो पूर्व अडान फेरेका प्रधानमनत्री केपी शर्मा ओलीकै कारण सरकार विस्तारमा ढिलाइ भएको खुलेको छ । 

सरकारमा पनि आइज कि आइज भन्ने तर पहिल्यै उपप्रधानमन्त्री भइसकेका फोरम अध्यक्ष उपेन्द्र यादवलाई दोश्रो बरियता दिन आनाकानी गरेपछि, शुरुमै फोरम बिच्किएको थियो । उपप्रधानमन्त्री नपाए यादव सरकारमा सहभागी नहुने निश्चित जस्तै छ । 

किनकी उनले एमाले महासचिव ईश्वर पोखरेल जस्तो घटुवा भएर सरकारमा सामेल नहुने आफ्ना निकटलाई बताइसकेका छन् । दोश्रो बरियता नपाए, एमालेले दिन मानेको परराष्ट्र मन्त्रालय नलिने फोरमको योजना छ । फोरमले परराष्ट्र मन्त्रालयसँग जनतासँग सीधा नजोडिने मन्त्रालय भएकोले अब विकाससँग जोडिने शिक्षा सिंचाइ, शहरी विकास जस्ता मन्त्रालयमा आँखा लगाइ सकेको छ । 

शुरुमा ४ मन्त्रालय मागेका उपेन्द्र अहिले २ मन्त्री र एक राज्यमन्त्रीमै भए पनि चित्त बुुझाउन तयार भइसकेको छ । तर पछिल्लो समय ओलीले फेरी अर्को अड्को थापेपछि, फोरम विलखबन्दमा परेको छ । कारण प्रधानमन्त्री ओलीले मन्त्री पठाउँदा समानुपातिक होइन, प्रत्यक्ष चुनाव जितेका नेतालाई मात्रै पठाउनु भनेकोले ।

ओलीको यो शर्तले फोरम अध्यक्ष यादवलाई पार्टीभित्रै कुरा मिलाउन सकस परेको, फोरमका एजकना केन्द्रीय सदस्यले बताए । उनका अनुसार, सांसद बनेपछि समानुपातिक र प्रत्यक्षको हैसियत एउटै हो, तर प्रधानमन्त्री ओलीले नयाँ शर्त राखेर फोरमलाई समस्यामा पारिदिएका छन् । प्रधानमन्त्रीको शर्तले पार्टीभित्रै असन्तुष्टि बढेका कारण, अध्यक्षले अहिलेसम्म को को नेतालाई सरकारमा पठाउने भनेर बैठक समेत राख्न नसकेको ती नेताले बताए । 

गएराती मात्रै प्रधानमन्त्री ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वार्ता गरेका फोरम अध्यक्ष यादवले यत्ति मात्रै भने, भोली फेरी कुरा गर्ने । तर उनले पार्टी बैठक समेत डाकेका छैनन् भने, पार्टीका केही शीर्ष नेता धुलिखेल पुुगेका छन् । त्यसैले शुक्रबारै पार्टी बैठक राखेर मन्त्रीको नाम टुुंगो लगाउँदै सरकारमा सामेल हुने संभावना न्यून रहेको ती नेताको भनाइ छ । 

फोरमले यसअघि उपप्रधानमन्त्री पद पाए अध्यक्ष यादव सहित महासचिव रामसहायप्रसाद यादव वा सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई सरकारमा पठाउने तयारी समेत गरिसकेको थियो । तर ओलीले “प्रत्यक्ष मात्रै है‘‘ भनिदिएपछि, यादव घटुवा भएर सरकारमा नजाने र महासचिव रामसहाय यादव सहित अब अरु कसलाई पठाउने भन्नेबारे फोरमभित्र गृहकार्य गर्नै बाँकी रहेकोले, शुक्रबार फोरम सरकारमा सामेल हुने संभावना न्यून छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ