arrow

कांग्रेसमा सामन्तवाद हावी भयो – उमाकान्त चौधरी

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
umakanta.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता उमाकान्त चौधरीले पार्टीमा सामन्तवाद हावी भएको बताएका छन् ।

राजधानीमा चलिरहेको काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समुहको अन्तक्र्रिया कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा चौधरीले पार्टी नेतृत्वको प्रवृत्तिप्रति तीव्र असन्तुष्टि जनाए । 

उनले भने, ‘विपीको पालामा विधान होइन व्यवहार समावेशी थियो अहिले विधान समावेशी छ तर व्यवहार असमावेशी भयो ।’

नेता चौधरीले ‘विधी र विधान विपरित पार्टी चलिरहेको छ यो अति भयो ।’ भनेका छन् । 

उनले पार्टी तर्दथवादमा अब धेरै चल्न सक्दैन भनेका छन् । 

हिजोको दिनमा नाकावन्दी गर्ने र नाकावन्दीको विरोध गर्ने एमाले र मधेशवादी कसरी एक ठाउँमा आइपुगे भन्दै उनले यसबारे समेत सचेत हुँदा काँग्रेस नेताहरुसंग अनुरोध गरेका छन् । 

गत बुधबारै आयोजना गर्ने भनिएको कार्यक्रम पार्टीको केन्द्रीय कार्यक्रमका कारण शुक्रबार भइरहेको हो । 

काँग्रेसलाई समय सापेक्ष र बदलिँदो परिस्थिति अनुसार चुनौतीहरुलाई चिर्न सक्ने संगठन कसरी बनाउने भन्ने सन्दर्भमा अन्तक्र्रियाको आयोजना भइरहेको हो । 

काठमाडौंको अनुपम फुटल्याण्डमा जारी कार्यक्रमबाटै आगामी महाधिवेशनको दिशासमेत तय गरिने जनाइएको छ । 

विभिन्न समुहमा रहेर पार्टी संगठनका लागि चिन्ता व्यक्त गर्दै आएका सबैलाई कार्यक्रममा निम्त्याइएको छ । 

चुनावमा पार्टीको पराजय भएपछि संगठित भएर पार्टी संगठनलाई चलायमान बनाउनुपर्ने तथा पार्टीको नेतृत्वका बारेमा समेत प्रश्न उठाउँदै आएकाहरुलाई समेत कार्यक्रममा निम्त्याइएको बताइएको छ। सिटौला हालै प्रदेश नम्वर ७ मा पार्टी कार्यक्रमहरुमा सहभागि भइ काठमाडौं आएका हुन्। 

केन्द्रीय समितिको बैठकअघि धेरै भन्दा धेरै नेता कार्यकर्ताहरुको कुरा सुनी उनीहरुले पार्टी हितका लागि राखेका धारणा बैठकमा राख्नको लागि समेत छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना भइरहेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ